२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजले भारतलाई दियो १९६ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। आईसीसी पुरूष टी-२० विश्वकपको सेमिफाइनलमा पुग्ने निर्णायक खेलमा वेस्ट इन्डिजले भारतलाई १९६ रनको लक्ष्य दिएको छ ।

जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको अन्तिम खेलमा वेस्ट इन्डिजले १९६ रनको लक्ष्य दिएको हो । टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि ओपनरद्वय शाई होपले ३३ बलमा ३२ रन बनाए । रोस्टन चेसले २५ बलमै ४० रन जोडे। त्यस्तै शिमरोन हेटमायरले १२ बलमा २७, शेर्फेन रदरफोर्डले १४, रोभम्यान पावेलले १९ बलमा ३४ जेसन होल्डर २२ बलमा ३७ रन बनाएका थिए ।

भारतका लागि जसप्रित बुमराहले दुई विकेट लिँदा हार्दिक पाण्डेय र वरुण चक्रवर्तीले एक-एक विकेट लिए ।




भर्खरै