५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

सर्लाहीमा किन सुरु गर्यो सेनाले विशेष सुरक्षा ?

सर्लाहीमा किन सुरु गर्यो सेनाले विशेष सुरक्षा ?
फाईल फोटो
अ+ अ-

सर्लाही । चार दिनपछि हुन गइरहेको निर्वाचनको मतदानलाई मध्यनजर गर्दै नेपाली सेनाले सर्लाहीमा विशेष सुरक्षा व्यवस्था गरेको छ । सो जिल्लामा सेनाले बख्तरबन्द गाडीमार्फत गस्ती सुरु गरेको स्थानीयले जनाएका छन् ।

हुनत निर्वाचनको सुरक्षार्थ सेनाले देशैभरि यस्तो सुरक्षा व्यवस्था गरेको छ । तर पनि सर्लाही जिल्लामा भने सेनाको विशेष प्रकारको बख्तरबन्द गाडी सहितकै सुरक्षा आइतबार बिहानैदेखि नेपाली सेनाको टोलीले सुरु गरेको हो ।

यस जिल्लाको निर्वाचन क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेबार बनेका छन् । त्यस्तै सोही क्षेत्रबाट रास्वपाको उम्मेदबार अमेरेश सिंह पनि छन् ।

सिंह सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदबारकै रुपमा निर्वाचित भएका थिए । विसं २०७४ को आमचुनावमा कांग्रेसबाटै सांसद भएका सिंहलाई २०७९ को निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाटै विजयी भएका थिए ।

त्यस्तै सोही क्षेत्रमा पुगेका गगन थापा नेपाली कांग्रेसको हालैको विशेष महाधिवेशनबाट निर्वाचित भएका चर्चित उम्मेदबार हुन् । गगनलाई पनि नेपालको आगामी निर्वाचनपछिको प्रधानमन्त्रीकै रुपमा हेरिएको छ ।

त्यसकारण सो क्षेत्रको निर्वाचन निकै चर्चामा छ । साथै अमरेशले कडा भाषण गरिरहेकाले त्यहाँ असुरक्षाको अवस्था भड्किन पनि सक्ने देखेर सेनाले आइतबारैदेखि यस्तो विशेष सुरक्षा व्यवस्था गर्न थालेको बताइएको छ ।

सो क्षेत्र भारतसँगको सीमा क्षेत्रमा पनि पर्ने भएकाले बोर्डरमा पनि सेनाले विशेष निगरानी राखेर यता कडा सुरक्षा अपनाएको जनाएको छ । यसअघि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले जिल्लाका विभिन्न भागमा गस्ती गर्दै आएको थियो । यसलाई थप मद्दतका लागि सेनाले बख्तरबन्द गाडीसहित चारवटै निर्वाचन क्षेत्रमा गस्ती सुरु गरेको हो ।

स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले सर्लाहीमा तैनाथ नेपाली सेनाको कालिध्वज गण पाँच कुमारी ब्यारेकले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन बख्तरबन्द गाडीसहित गस्ती निकालेको जनाएको छ ।

सेनाले जिल्लाभित्र सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । अत्याधुनिक सैनिक सवारी साधनहरू प्रयोग गरी मतदान स्थलहरूमा एकैसाथ सुरक्षा गस्ती तथा निगरानी तीव्र बनाएको छ ।