२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई समृद्ध बनाउन सबै दलसँग सहकार्य आवश्यक छः सभापति थापा



अ+ अ-

नुवाकोट। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्पूर्ण राजनीतिक दलहरुसँगको सहकार्यले पाँच वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिन बताउनुभएको छ ।

नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा आज आयोजित ‘चुनावी सभा’लाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले मुलुकमा भइरहेका बेथिती अन्त्य गर्न सम्पूर्ण पक्षलाई साथमा लिन आवश्यक भएको बताउनुभयो ।

“पाँच वर्षमा देशमा व्यापक सुधार गर्न सकिन्छ । यसलाई कांग्रेसले मूख्य सङ्कल्प लिएर अघि बढेको छ”, सभापति थापाले भन्नुभयो, “अहिलेको तुलनामा पाँच गुणा बढी काम गर्छौँ । सजग र सचेत भएर मुलुकमा कुनै अप्रिय घट्ना हुन दिन्नौँ ।”

चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ भन्ने अठोटले दलहरुबीच गठबन्धनको अभ्यासलाई अस्वीकार गर्दै अघि बढेको उल्लेख गर्दै सभापति थापाले कांग्रेस देश सञ्चालन गर्न सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

देश विकासका लागी पूर्वाधार निर्माणका क्षेत्रमा देखिएको समस्यादेखि किसानले समयमा नै मल पाउन नसकेका विषयसम्म कानूनी अवरोधको चुनौती रहेकाले अब बन्ने सरकारले त्यसलाई सुधार गर्दै जनताका स–साना समस्यालाई पनि महत्वका रुपमा लिने उहाँले विश्वास दिलाउनुभयो । रासस




भर्खरै