५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

शान्ति, सुरक्षा र संयमता कायम राखी निर्वाचन सफल बनाउन सेनाको आव्हान

शान्ति, सुरक्षा र संयमता कायम राखी निर्वाचन सफल बनाउन सेनाको आव्हान
अ+ अ-

काठमाडौं । नेपाली सेनाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन–२०७९ को सुरक्षाका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा सेनाले एकीकृत सुरक्षा योजना–२०७९ अनुसार सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गर्दै निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

विज्ञप्तिअनुसार निर्वाचन सुरक्षासम्बन्धी सम्पूर्ण कार्यहरू “प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४” तथा “प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०७९” बमोजिम सञ्चालन भइरहेका छन्। मतदान सम्पन्न भएपछि स्थापित प्रोटोकलअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका प्रतिनिधि तथा नेपाली सेनासहितको संयुक्त टोलीले मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्‍याउने व्यवस्था मिलाइएको जनाएको छ।

त्यस्तै, विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि नेपाली सेनाले मतदान केन्द्रको बाहिरी घेरामा सुरक्षा प्रदान गर्नुका साथै देशभरका जिल्ला निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी र सुरक्षा व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्ने जनाएको छ। निर्वाचन सम्पन्न भएपछि संयुक्त टोलीमार्फत मतपेटिकालाई सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्‍याइने व्यवस्था गरिएको सेनाले स्पष्ट पारेको छ।

नेपाली सेनाले सबै सरोकारवाला निकाय र सर्वसाधारणलाई शान्ति, सुरक्षा र संयमता कायम राखी निर्वाचन प्रक्रिया सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।