१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सेनाले इरानमा ‘ठूलो र निरन्तर आक्रमण’ शुरु गरेको छः ट्रम्प



अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानमा ठूलो र निरन्तर आक्रमण जारी राखेको बताउनुभएको छ ।

यसको उद्देश्य इरानको मिसाइलहरू नष्ट गर्नु र मिसाइल उद्योगलाई पूर्ण रूपमा ध्वस्त पार्नु रहेको उल्लेख गर्नुभएको छ ।

यो घोषणा इरान र अमेरिका–इजरायलबीचको तनाव चर्किएको समयमा आएको हो । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूकाअनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा ठूलो आक्रमण गरेका छन् ।

जसमा इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरिएको छ । इरानले प्रतिकारमा इजरायल र क्षेत्रीय अमेरिकी आधारहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको छ ।

यो घटनाले मध्यपूर्वमा ठूलो युद्धको सम्भावना बढाएको छ र अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल