काठमाडौं। साहिबजादा फरहानको ऐतिहासिक शतक र श्रीलंकामाथिको रोमाञ्चक जितका बाबजुद पाकिस्तान टी-२० विश्वकपको ‘सुपर-८’ चरणबाटै बाहिरिएको छ ।
पाकिस्तानले विश्वकप आयोजक तथा घरेलु टोली श्रीलंकालाई १४७ रनमा रोक्न असफल भएपछि न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो। न्युजिल्यान्ड र पाकिस्तानको समान ३ अंक भएपनि नेट रनरेटमा न्युजिल्यान्ड अघि रहेपछि शीर्ष २ मा रहेर अन्तिम चारमा पुगेको हो।
न्युजिल्यान्डको नेट रनरेट १.३९० रहेको छ। पाकिस्तानको माइनस शून्य दशमलव १.२३ रहेको छ।
पाकिस्तानले दिएको २१३ रनको लक्ष्य पछ्याउँदै श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनायो। टोलीले खेल जित्न नसके पनि उसको ब्याटिङ पाकिस्तानका लागि घातक सावित भयो। यस नतिजासँगै सुपर–८ को समूह–२ बाट इंग्ल्यान्ड र न्यूजिल्यान्ड सेमिफाइनलमा पुगे, जबकि पाकिस्तान र श्रीलंकाको प्रतियोगितामा यात्रा टुंगियो।
पहिले ब्याटिङ गरेको पाकिस्तानले टी-२० विश्वकपकै आफ्नो उच्च योगफल बनाउने क्रममा निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । ओपनरद्वय फरहान र फखर जमानले पहिलो विकेटका लागि १ सय ७६ रनको सानदार साझेदारी गरे । फरहानले ६० बलमा सय रन (९ चौका, ५ छक्का) बनाए भने फखरले ४२ बलमा ८४ रन जोडे ।
विशाल लक्ष्य पछ्याएको श्रीलंकाले उत्कृष्ट लडाइँ गर्यो । विशेषगरी कप्तान दासुन शनाकाले ३१ बलमै अविजित ७६ रन जोड्दै श्रीलंकालाई जितको नजिक पुर्याएका थिए । अन्तिम ओभरमा जितका लागि २८ रन चाहिएको अवस्थामा शनाकाले १ चौका र ३ छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक बनाए । तर, शाहीन अफ्रिदीले सटिक योर्कर फ्याँक्दै श्रीलंकालाई २०७/६ को स्कोरमा रोकेर पाकिस्तानलाई ५ रनको सान्त्वना जित दिलाए।
श्रीलंकाका लागि बलिङमा दिलशान मदुशंकाले ३ विकेट लिए ।
श्रीलंकाका लागि कप्तान दासुन लियांकेले सर्वाधिक ७६ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। पवन रत्नायकेले ५८ रन बनाए। कमिल मिसराले २६ र चारिथ असलंकाले २५ रन थपे।











