३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

निर्वाचन पर्यवेक्षक संस्थाहरूको निष्कर्षः आचारसंहिता उल्लंघनका घटनामा कारवाही भएन

निर्वाचन पर्यवेक्षक संस्थाहरूको निष्कर्षः आचारसंहिता उल्लंघनका घटनामा कारवाही भएन
अ+ अ-

काठमाडौं ।  निर्वाचन पर्यवेक्षण सम्बन्धी संस्थाहरुले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आचारसंहिता उल्लंघनका घटना अत्याधिक भएको निष्कर्ष निकालेका छन् ।

निर्वाचन आयोगले निर्वाचन तयारीमा प्रभावकारी कार्यसम्पादन गरेको भएपनि आचारसंहिता कार्यान्वयनमा चुकेको आरोप लगाएका हुन् । यस निर्वाचनमा डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लंघनका घटना बढी भएको पनि प्रतिवेदनमा उल्लेख छ । सामाजिक सञ्जालमा घृणा र द्वेषपूर्ण अभिव्यक्ति, अमर्यादित पोष्ट, गाली गलौज, सार्वजनिक मर्यादा विपरितका अभिव्यक्ति मिथ्या र भ्रामक सूचनाको प्रवाह बढेको छ ।

आम निर्वाचन पर्यवेक्षण समिति (जिओक) र निर्वाचन पर्यवेक्षण समिति (इओक) नेपाल लगायत संस्थाहरुले शनिवार पत्रकार सम्मेलन गरी राजनीतिक दल,उम्मेदवार, कार्यकर्ता, पत्रकार, कलाकार, सामाजिक अभियन्ता लगायतबाट भएको आचारसंहिता उलंघनका घटनामा आयोगले समयमै निगरानी र नियमन गर्न नसकेको दाबी गरेका हुन् ।

जिओकका महासचिव कृष्णमान प्रधानले पर्यवेक्षण संस्थाहरुलाई राजनीतिक दल र उम्मेदवारले आचासंहीताको सही रुपमा पालना गर्छन् भन्ने विश्वास अझै नरहेको बताउनु भयो । निर्वाचन आयोगप्रति पनि आम नागरिकको विश्वास पूर्ण रुपमा हुन नसकेको जिकिर गर्नुभयो । दल दर्ता, मुद्दा दर्ता र आचारसंहीता पालना गर्ने काममा आयोगले स्पष्टीकरण मात्रै सोधेर बस्ने नभइ करबाही हुन्छ भन्ने विश्वास अहिले मतदातालाई र आम नागरिकलाई दिनसक्नुपर्नेमा त्यसो हुन नसकेको बताउनु भयो । आचारसंहीता उल्लंघन भए निर्वाचन आयोगले उम्मेदवारी रद्ध गर्दछ, जितिसकेपछि पनि परिणाम रद्ध गर्छ भन्ने विश्वास दिलाउन नसकेको बताउनु भयो । निर्वाचन पर्यवेक्षकलाई परिचय पत्र बनाउने काममा पनि आयोगले सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले आचारसंहीता सही रुपमा पालना गर्दछ, दलले सही रुपमा पालना गर्दछ भन्नेकुराको विश्वास त्यति छैन । निर्वाचन आयोगप्रति आम नागरिकको विश्वास जति हुनुपर्ने हो, त्यत्ति पाइरहेको छैन । दल दर्ता, मुद्दा दर्ता र आचारसंहीता पालना गर्ने काममा आयोगले खालि स्पष्टीकरण मात्रै सोधेर बस्ने होइन, करबाही हुन्छ भन्ने विश्वास अहिले मतदातालाई र आम नागरिकलाई यदी आचारसंहीता उल्लंघन भयो भने निर्वाचन आयोगले उम्मेदवारी रद्ध गर्दछ, जितिसकेपछि पनि त्यो परिणाम रद्ध गर्छ भन्ने विश्वास दिलाउन सकेको छैन । निर्वाचन पर्यवेक्षकलाई परिचय पत्र बनाउने बेलामा जुन किसिमको सहयोग गर्नुपर्ने हो, त्यो हामीले पाइरहेका छैनौँ । पर्यवेक्षक भनेको तपाईंहरुको पनि मूल्यांकन गर्न आएका हौँ ।’
उहाँले पर्यवेक्षकहरुलाई सहजै सबै ठाउँमा जानसक्ने व्यवस्था गर्न पनि आग्रह गर्नुभयो ।

विज्ञप्तिमा भनिएको छ ,‘देशैभरी निर्वाचनको तयारी उल्लासपूर्ण रुपमा भइरहेको भएतापनि निर्वाचन कानून, निर्वाचनसँग सम्वन्धित स्थापित मूल्य मान्यता र निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरु पनि प्रशस्त देखिएका छन् । यसअघिका निर्वाचनहरुमा अधिकांश भौतिक रुपमा यस प्रकारका उल्लंघनका घटना हुने गरेकोमा यस पटकको निर्वाचनमा अभौतिक अर्थात डिजिटल माध्यमबाट उल्लंघनका घटना बढी भइरहेको देखिएका छन् । सामाजिक सञ्जालमा घृणा र द्वेषपूर्ण अभिव्यक्ति, अमर्यादित पोष्ट, गाली गलौज, सार्वजनिक मर्यादा विपरितका अभिव्यक्ति यस पटकको निर्वाचन आचारसंहिता उल्लंघन प्रमुख रुपमा देखिएका छन् । मिथ्या र भ्रामक सूचनाको सुनामी थेग्न गाह्रो परेको देखिएको छ । सामाजिक सञ्जाल प्रयोगमा झुट्टा समाचार फैलाउने, उम्मेदवारहरू र उनीहरुले परिचालन गरेका व्यक्तिहरुबाट नकारात्मक प्रचार गर्ने, दुरुपयोगले विभाजन बढाउने, गलत प्रचारले भ्रम फैलाउने, पारदर्शिता कमी हुने र डिजिटल शिक्षामा कमी भएको देखियो भने समयमै निगरानी र नियमन कमजोर रहेको पाइयो । राजनीतिक दल, उम्मेदवार र दलका कार्यकर्ताबाट मात्र नभएर यस प्रकारका उल्लघंनमा मतदाता, इम्फ्लुएन्सर, पत्रकार, कलाकार, सामाजिक अभियान्ता र अन्य विभिन्न पृष्ठभूमिका व्यक्तिहरुबाट समेत भइरहेको देखिएको छ ।’

ती संस्थाले केही सञ्चार गृह र सञ्चारकर्मीहरूको भुमिका पनि शंकाको घेरामा रहेको बताएका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘केही सञ्चार गृह र सञ्चारकर्मीहरुको भुमिका समेत शंकाको घेरामा रहेको देखिएको छ । केही मिडियाले एक पार्टीलाई मात्र समर्थन गर्ने, एकतर्फी मात्र समाचार संप्रेषण गर्ने, गलत सूचना फैलाउने, यसले वा उसले जित्दैछ भनी भ्रामक समाचार संप्रेषण गर्ने गरेको भनी जनगुनासो छ । केही सञ्चारगृह र सञ्चारकर्मीहरुलाई निर्वाचन आयोगले प्रेस काउन्सिलमार्फत स्पष्टीकरण समेत सोधेको छ । ग्रामीण क्षेत्रमा सञ्चार पहुँच कमजोर हुने, प्रचारमा असमानता देखिने, निष्पक्षता कायम राख्न कठिन हुने, सूचना सम्प्रेषणमा दबाब देखिने, तथ्य पुष्टि प्रणाली द्रुत नहुँदा गलत सूचना फैलिने र आम मतदातामा निर्वाचन सचेतना सीमित हुने अवलोकन गरिएको छ ।’

पर्यवेक्षण गर्ने संस्थाहरुले निर्वाचनको निष्पक्षता र स्वच्छताका लागि निर्वाचन पुर्व र मतदानको समयमा आचारसंहिताको पुर्ण पालना हुनुपर्ने तर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । –न्युज एजेन्सी नेपाल