२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरब दूताबासको आयोजनामा इफ्तार कार्यक्रम



अ+ अ-

काठमाडौं । पवित्र रमजान महिनाको अवसरमा नेपाल स्थित साउदी अरेबियाको दूतावासले विशेष इफ्तार कार्यक्रम आयोजना गरेको छ ।

नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद अज्मी मनिख्रले होटल सोल्टीमा आयोजना गर्नुभएको विशेष इफ्तार कार्यक्रममा श्रम तथा रोजगार मन्त्री राजेन्द्र सिंह भण्डारी सहित समारोहमा  यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी एवं समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।

रमजानको अवसरमा आयोजना गरिएको उक्त इफ्तारले साउदी अरेबिया र नेपालबीचको आपसी मित्रता, सांस्कृतिक आदान–प्रदान तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको दूतावासले जनाएको छ।

रमजान महिनामा दिनभरि रोजा अर्थात् अन्न र पानी ग्रहण नगरी व्रत बसेपछि मुस्लिम समुदायले हरेक साँझ विशेष खानपिन गर्ने गर्दछन् जसलाई इफ्तार भनिन्छ ।