१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमैत्री होली मनाऔँः कार्यवाहक प्रमुख आयुक्त भण्डारी



अ+ अ-

पर्सा। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समग्र मुलुकभरिमा निर्वाचनको तयारी सौहार्दपूर्ण वातावरणमा अघि बढिरहेको बताउनुभएको छ ।

पर्सा र बारा जिल्लाको ‘निर्वाचन सुरक्षाको वर्तमान अवस्था, चुनौती र समाधान’ विषयक छलफल कार्यक्रममा अहिले मुलुकभरि निर्वाचनमैत्री वातावरण बन्दै गइरहेको उहाँले उल्लेख गर्नुभयो ।

“अहिले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना न्यून रहेका छन् । निर्वाचन प्रचारप्रसारमा मितव्ययीता कायम भएको छ । एकले अर्काेलाई निषेधको राजनीति गर्न खोजे पनि सोको बेलैमा पहिचान भएर कम गर्न सकिएको छ”, उहाँले भन्नुभयो, “त्यो निषेधको राजनीति अहिले निषेध भएको छ ।”

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले विगतको तुलनामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कमी आएको दाबी गर्नुभयो । “होली, निर्वाचन आचारसंहिता र निर्वाचनलाई सँगसँगै लैजादैँछौँ”, उहाँले भन्नुभयो, “निर्वाचनमैत्री होली मनाउन आयोग सम्पूर्णलाई अनुरोध गर्दछ ।”

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले होलीलाई तड्कभड्कयुक्त नभएर निर्वाचनमैत्री, शान्तिपूर्ण र सौहार्दपूर्ण ढङ्गले मनाइदिनका लागि आह्वान गर्नुभएको छ ।

“होली र निर्वाचन सँगसँगै अघि बढाउने छौँ । यसको सबैको साथ र सहयोग अनिवार्य छ”, उहाँले भन्नुभयो, “केही सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । सोबारे अध्ययन गरी थप आवश्यक कारबाही प्रक्रिया अघि बढाएका छौँ ।” रासस