• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   चितवनको सौराहालाई हनिमुन सिटी बनाऔँ: सांसद गुरुङ ★   अर्थमन्त्रीले ५ खर्ब बढीको स्रोत सुनिश्चितताको पत्र दिएर आर्थिक अनुशासनहिनता देखाउनु भयो: रघुजी पन्त ★   बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच बैठक जारी ★   संवैधानिक परिषद् विधेयकसम्बन्धि राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश ★   सरकारको वार्षिक प्रतिवेदन आ. व. २०७९/८० प्रतिनिधि सभा बैठकमा पेश ★   देशका विभिन्न भागमा विद्युत कटौति गरेकोमा सांसदहरुको आक्रोश ★   न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद ★   दलित समुदायको अधिकार संरक्षण एवं संवर्द्धनका लागि दलित विकास प्राधिकरण: प्रधानमन्त्री ★   चितवनमा हुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति ★   जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा

निराला सर्वसम्मत अनुमोदित



काठमाडौं । संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यका लागि सिफारिस भएका लक्ष्मीबहादुर निरालालाई सर्वसम्मत अनुमोदन गरेको छ । समितिले आज निरालाको संसदीय सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले क्षमता र अनुभवका आधारमा योग्य देखिएको हुँदा निराला सर्वसम्मतिले अनुमोदन भएको जानकारी दिनुभयो ।

समितिले आज उहाँविरुद्ध परेका उजुरीको सुनुवाइ गर्ने तय गरेको थियो तर उहाँविरुद्ध कुनै पनि उजुरी नपरेपछि आजै सुनुवाइ भएको हो । निरालाविरुद्ध उजुरी दिनका लागि समितिले १० दिनको म्याद दिएको थियो । यही पुस ३ गते मन्त्रिपरिषद्को बैठकले उहाँलाई परिषद् सदस्यका लागि सिफारिस गरेको थियो ।