• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   चितवनको सौराहालाई हनिमुन सिटी बनाऔँ: सांसद गुरुङ ★   अर्थमन्त्रीले ५ खर्ब बढीको स्रोत सुनिश्चितताको पत्र दिएर आर्थिक अनुशासनहिनता देखाउनु भयो: रघुजी पन्त ★   बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच बैठक जारी ★   संवैधानिक परिषद् विधेयकसम्बन्धि राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश ★   सरकारको वार्षिक प्रतिवेदन आ. व. २०७९/८० प्रतिनिधि सभा बैठकमा पेश ★   देशका विभिन्न भागमा विद्युत कटौति गरेकोमा सांसदहरुको आक्रोश ★   न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद ★   दलित समुदायको अधिकार संरक्षण एवं संवर्द्धनका लागि दलित विकास प्राधिकरण: प्रधानमन्त्री ★   चितवनमा हुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति ★   जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा

काश्मिरमा जनमतसङ्ग्रह गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान



काठमाडौं । पाकिस्तानले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्र सङ्घले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ । आफ्नै कार्यकक्षमा आज अन्तरसंवाद कार्यक्रम गरी नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले ७० वर्षअघि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पारित गरेको काश्मिरसम्बन्धी प्रस्ताव कार्यान्वयनमा विश्व समुदायले सघाउनुपर्नेमा जोड दिनुभयो ।

दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि उक्त समस्या हल गर्नु अपरिहार्य भएको बताउँदै उहाँले बितेका पाँच महिनामा उक्त क्षेत्रका जनता आधारभूत सेवाबाट वञ्चित भएकाले त्यसनिम्ति अन्तरराष्ट्रिय समुदायको सहयोग आवश्यक भएको बताउनुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, राजनीतिक विश्लेषक सुरेन्द्र केसी, पत्रकार राजन कार्कीलगायतले वार्ता र संवादका माध्यमबाट समस्याको निकास खोजिनुपर्ने बताउनुभयो । त्यसअघि पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले काश्मिरीहरूको आत्मनिर्णयको अधिकार दिवसका अवसरमा जारी गरेका सन्देश वाचन गरिएका थिए ।