२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषा ३ मा प्रसूति अस्पताल, रङ्गशाला र मल कारखाना बनाउने विमलेन्द्र निधीको प्रतिवद्धता



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका नेता तथा धनुषा–३ का उम्मेदवार विमलेन्द्र निधीले आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य, कृषि र खेलकुदलाई मुख्य प्राथमिकतामा राख्दै व्यापक विकास योजनाहरू सार्वजनिक गरेका छन् ।

चुनावी अभियानका क्रममा निधीले जनकपुर उपमहानगरपालिका बाहेकका अन्य तीनवटा पालिकामा महिला र बालबालिकाका लागि विशेष स्वास्थ्य सेवा विस्तार गर्ने घोषणा गरे। उनका अनुसार, यी तीन पालिकामा तीन–तीनवटा प्रसूति तथा बाल अस्पताल निर्माण गरिनेछ। जनकपुरमा धेरै अस्पताल भए पनि दक्षिणका यी पालिकामा जनतालाई प्रत्यक्ष स्वास्थ्य सुविधा उपलब्ध गराउन निधी प्रतिबद्ध छन्।

मधेस प्रदेश कृषि प्रधान भए पनि किसानले समयमै मल नपाउने समस्या भोगिरहेको उल्लेख गर्दै निधीले नेपालमै मल कारखाना स्थापना गर्ने योजना प्रस्तुत गर्नुभयो। यसले किसानलाई मल उपलब्ध गराउने मात्र नभई स्थानीय युवाहरूका लागि रोजगारीको अवसर पनि सिर्जना गर्नेछ।

उनले जनकपुरमा ‘राम–जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला’ निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिँदै यसलाई ‘स्पोर्ट्स इकोनोमी’सँग जोडे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १०० करोड रुपैयाँ अनुदान यस रङ्गशालामा खर्च गर्ने समन्वय भइरहेको र जग्गाको लालपूर्जा समेत बनिसकेको उनले बताए ।

धनुषाधामलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकीय स्थल बनाउने योजना पनि निधीले अघि सारेका छन् । उनले लक्ष्य धनुषाधामलाई जानकी मन्दिर र अयोध्या धाम जस्तै विस्तार गरी अन्तर्राष्ट्रिय लगानीकर्ताहरू भित्र्याउने रहेको छ। यसले धार्मिक पर्यटनसँगै आर्थिक गतिविधि बढाउने र रोजगारी सिर्जना गर्ने निधीको विश्वास छ।

साथै, जनकपुरमा जलन (बर्न) अस्पतालको अभाव रहेको अनुभव गर्दै निधीले एक सुविधासम्पन्न बर्न हस्पिटल निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । उनले मतदातालाई आफ्नो योजना र प्रणाली कार्यान्वयन गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै मतदानका लागि अपिल गरेका छन् ।