५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारीसाधनसहित १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद



अ+ अ-

झापा। स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा सवारीसाधनसहित रु १० लाख ६८ हजार ५० बराबरको मालसामान बरामद गरेको छ ।

झापा प्रहरीले आज बिहान बिर्तामोड नगरपालिका–८ गरामनीस्थित मदनपुर–विर्तामोड सडकखण्डमा जाँचका क्रममा भन्सार छलीका सामग्रीसहित सवारीसाधन नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुरबाट विर्तामोडतर्फ जाँदै गरेको डब्लु बी ७४ डब्लु १२९६ नम्बरको सुजुकी मारुती भ्यानलाई प्रहरी टोलीले जाँच गर्दा भन्सार छली गरी ल्याइएका विभिन्न मालसामान फेला परेका हुन् । उहाँका अनुसार उक्त सवारीसाधनमा अटो पार्टस्, हार्डवेयर सामग्री, इलेक्ट्रोनिक सामान तथा विभिन्न उपभोग्य वस्तु लोड गरी ल्याइएको अवस्थामा भेटिएको छ ।

बरामद गरिएका सामग्रीमध्ये हाइड्रोलिक जग सेट, डोर मेसिन, एक्सल मल्टिलक, पाइडल प्लेट, डिजेल पाइप, एलइडी लाइट, फ्लोर्न ग्यास, साइलेन्सर बुस, फ्युल गेजलगायत ५२ प्रकारका सामान रहेका छन् ।

बरामद गरिएको सवारीसाधन र मालसामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मेची भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । रासस