२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरान र अमेरिकी प्रतिनिधिमण्डलबीच नयाँ समाधानका लागि ‘अभूतपूर्व लचकता’ प्रदर्शन



अ+ अ-

मस्कट। इरान र अमेरिकी प्रतिनिधिमण्डलहरूले बिहीबार अप्रत्यक्ष आणविक वार्ताको पछिल्लो चरणमा ‘नयाँ र रचनात्मक विचार र समाधानका लागि अभूतपूर्व लचिलोपन“ प्रदर्शन गरेका छन् ।

ओमानी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत् सार्वजनिक एक विज्ञप्तिमा नयाँ समाधानका लागि दुबै पक्षले ‘अभूतपूर्व लचकता’ देखाएको उल्लेख गरेको छ ।

ओमानका विदेश मन्त्री सैयद बद्र बिन हमद बिन हमुद अल्बुसैदीले बिहीबार जेनेभामा अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकोफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरसँग अप्रत्यक्ष छलफल गर्नुभएको छ ।

बैठकमा इरानको विचार र प्रस्तावका साथै इरानको आणविक कार्यक्रमका प्रमुख तत्वहरू र सबै प्राविधिक र निरीक्षण पक्षबाट अपेक्षित सम्झौता प्राप्त गर्न आवश्यक ग्यारेन्टीको बारेमा अमेरिकी वार्ता टोलीको प्रतिक्रिया र सोधपुछको समीक्षा गरिएको बताइएको छ ।

अल्बुसैदीले भन्नुभयो, “नयाँ विचार र समाधानको लागि वार्ताकारहरूको लचिलोपनका बीच वार्तामा प्रगतिको लागि अनुकूल अवस्था सिर्जना भएको छ । दिगो सुनिश्चितताका लागि समर्थित निष्पक्ष सम्झौतामा पुग्ने प्रयासहरू गहन र रचनात्मक रूपमा जारी छन् ।

बुधबार साँझ अल्बुसैदीले जेनेभामा इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीसँग भेट गर्नुभएको थियो ।  (रासस/सिन्ह्वा)