२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

एमाले एक्लै चुनावी मैदानमा : अध्यक्ष ओली

एमाले एक्लै चुनावी मैदानमा : अध्यक्ष ओली
अ अ+ अ-

दमक: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा एमाले एक्लै चुनावी मैदानमा रहेको बताउनु भएको छ ।

नेकपा एमालेलाई बहुमत सहित निर्णायक शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको सवै नागरिकले समेत बुझि सकेको उहााले जनाउनु भएको छ । चुनावी प्रचार तथा मतदाता भेटघाटका क्रममा बिहिबार झापाको कमल गाउँपालिकामा केन्द्रित हुनु भएका उहाँले विभिन्न सञ्चार माध्यमसँग कुराकानी गर्दै चुनाव पछि देश सम्हाल्न नेकपा एमाले तयार रहेको समेत बताउनु भएको हो ।

उहाँले नेकपा एमालेले राष्ट्रिय स्वाभिमान, अन्तर्राष्ट्रिय सम्वन्ध तथा विकास र समृद्धीका लागि निर्वाह गरेको भुमिका कारण एमालेनै अहिलेको आवश्यकता हो भनेर बुझ्‌नुलाई अन्यथा लिन नहुने पनि बताउनुभयो । आसन्न प्रतिनिधी सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहनु भएका ओली हाल निर्वाचन क्षेत्रका विभिन्न वस्तिमा पुगेर मतदाताहरुसँगको भेटघाटमा व्यस्त रहनु भएको छ ।

यसैक्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओली बिहिबार झापाको कमल ५ स्थित सिम्लेमा पुग्दा स्थानीयले भुमि सम्वन्धि समस्या समाधान गरि दिन आग्रह गरेका छन् । सडक तथा पुल निर्माण भए पछि जनजीवन सहज भए पनि अझै सम्म अव्यवस्थित बसोबासको समस्या समाधान नभएको स्थानीयले बताए ।

यस्तै उहाँ कमल ३ को सानो केर्खामा पुग्दा स्थानी किरातेश्वर तथा वाल्मिकी आश्रम तथा सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरि दिन स्थानीयले माग गरेका थिए । यि स्थानहरुको पूर्वाधार विकास गरि धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गराउन सकिने स्थानीयको भनाई छ ।

यस्तै उहाँ कमल ५ को झारवारीमा आयोजीत श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा पनि सहभागी हुनु भयो । आगामी प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहनु भएका पूर्वप्रधानमन्त्री ओली केहि दिन यता गृहनिर्वाचन क्षेत्रमा केन्द्रित रहनु भएको छ ।