२९ भाद्र २०८३, सोमबार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा निर्वाचनअघि ५९ हतियार बुझियो, ८३ अझै बाँकी



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, फागुन २१ लाई लक्षित गर्दै बागलुङमा इजाजत प्राप्त हातहतियार बुझाउने अभियान जारी छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार अहिलेसम्म ३८ दिनमा ५९ थान इजाजत प्राप्त हातहतियार जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ।

जिल्लामा दर्तावाला १४२ थान हतियार रहेका छन् भने अझै ८३ थान हतियार बुझाउन बाँकी रहेको छ। उनले समयमै हतियार नबुझाएमा सम्बन्धितको लाइसेन्स खारेज गरिने जानकारी दिएका छन्।

उनले भने, “निर्वाचनका क्रममा हुनसक्ने उच्छृङ्खल गतिविधि रोक्न र शान्ति सुरक्षा सुनिश्चित गर्न सबैलाई इजाजत प्राप्त हतियार बुझाउन निर्देशन दिइएको हो।”

जिल्ला सुरक्षा समितिको माघ ८ गतेको निर्णयअनुसार सबै प्रकारका इजाजत प्राप्त हातहतियार र त्यसको खरखजाना बुझाउन सूचना जारी गरिएको थियो। जिल्ला प्रशासन कार्यालयले निर्वाचन शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न होस् भन्ने उद्देश्यले विभिन्न व्यक्तिका नाममा दर्ता भएका हातहतियार बुझाउन आग्रह गरेको हो।

जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरीचौकीमा हातहतियार र गोलीगट्ठा बुझाउन सकिने व्यवस्था गरिएको छ। साथै, निर्वाचन लक्षित ‘सर्च अपरेशन’मा प्रहरीले ११५ थान अवैध हातहतियार बरामद गरेको थियो।