७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

ट्रम्पले भनेः इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन्

ट्रम्पले भनेः इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन्
अ+ अ-

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त प्रमुख कर्मचारीका अध्यक्ष जनरल डान काइनले इरानमाथि सम्भावित सैन्य हमलाको नेतृत्व गर्ने बताएका छन् ।

यदि उनलाई त्यसको आदेश दिइयो भने उनले नै तेतृत्व सम्हाल्ने बताए । ट्रम्पले इरानसँग सम्झौता गर्नु नै राम्रो हुने उनको भनाइ छ ।

यसअघि सोमबार वाशिंगटन पोस्टले रिपोर्ट गरेको थियो कि गत हप्ता ह्वाइट हाउस बैठकमा जनरल काइनले इरानमाथि हमला गर्दा महत्वपूर्ण हतियार तथा गोला बारुदको कमी र सहयोगी देशहरूबाट समर्थन नहुन सक्ने कुराले अमेरिकी सेनालाई ठूलो जोखिममा पार्नसक्ने चेतावनी दिएका थिए ।

स्रोतहरूकाअनुसार उनले लामो समयसम्म चल्ने द्वन्द्व र क्षेत्रीय प्रभावहरूको जोखिम पनि औंल्याएका थिए । जनरल काइनको कार्यालयले शुक्रवार जारी गरेको वक्तव्यमा भनेको छ कि राष्ट्रपतिको प्रमुख सैन्य सल्लाहकारको रूपमा अध्यक्षले नागरिक नेतृत्वलाई विभिन्न सैन्य विकल्पहरू, तिनका प्रभावहरू, जोखिमहरू र अन्य विचारहरू उपलब्ध गराउँछन् ।

अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीवार जेनेभामा तय भएको छ । यो वार्ताले इरानको आणविक कार्यक्रम, युरेनियम संवद्र्धन स्तर र प्रतिवन्धहरू हटाउने विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ । तर अघिल्ला दुई चरणका वार्ताहरूमा खासै प्रगति देखिएको छैन ।

ट्रम्प प्रशासनले इरानसँग आणविक सम्झौता गर्न चाहेको तर आवश्यक परे सैन्य विकल्प पनि तयार राखेको संकेत गरेको छ । जनरल काइन ट्रम्पका प्रमुख सैन्य सल्लाहकार हुन् र उनी इरानसँग सम्बन्धित मुद्दामा प्रभावशाली भूमिकामा छन् ।