८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने

प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने
अ+ अ-

काठमाडाैँ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका किसान अजयकुमार यादव परम्परागत तरिकाले गहुँखेती गर्दै आएका थिए । भारतीय सीमा क्षेत्रसँग नजिक भएकाले उहाँले भारतबाट गहुँको बीउ ल्याएर प्रयोग गर्दै आएका छन्। आवश्यक प्राविधिक ज्ञानको अभावमा पर्याप्त उत्पादन लिन पनि सकेका थिएन । गहुँ उत्पादन राम्रो आम्दानी लिने सोचका साथ यादव राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले आयोजना गरेको उन्नत गहुँखेती प्रविधि तालिममा सहभागी थियाे ।

तालिमका क्रममा उनले उन्नत जातको प्रमाणित बीउ छनोट गर्ने विधि, छर्ने तरिका, सन्तुलित मलखाद व्यवस्थापन, समयमै सिँचाइ, रोग तथा कीरा व्यवस्थापन र उत्पादन वृद्धि गर्ने आधुनिक अभ्यासबारे प्राविधिक ज्ञान हासिल गरे। एकहप्ते तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्नेमात्र होइन, गाउँका अन्य किसान दाजुभाइलाई समेत सिकाउने प्रतिबद्धता यादवले व्यक्त गरेका छन् ।

रुपन्देहीमा आयोजना गरिएको तालिममा २४ जिल्लामा २५ जना किसानको सहभागिता थियो । तालिममा किसानबाहेक १५ जना सम्बन्धित विषयका विद्यार्थीहरू पनि तालिममा सहभागी थिए । एक हप्तासम्म किसानलाई सैद्धान्तिक र प्रयोगात्मक विधिबाट उन्नत गहुँखेती प्रविधि तालिम सिकाइएको थियो । तालिममा सहभागी अधिकांश किसानलाई नयाँ विकास गरिएका गहुँका जातबारेसमेत थाहा थिएन । अधिकांशलाई कुन जातको गहुँको बीउ छरेको भन्ने पनि थाहा नभएको अनुभव सुनाए ।

तालिमा उपयुक्त जात छनोट कसरी गर्ने, बीउ उपचार, समयमै रोपाइँ, लाइनमा छर्ने विधि सिकाइएको थियो । माटो परीक्षण गरेर सन्तुलित मलखाद कसरी प्रयोग गर्ने, सिँचाइ व्यवस्थापन, रोग र कीरा व्यवस्थापन, झार नियन्त्रण, कटानी र भण्डारणजस्ता कुरा किसानलाई सिकाइएको भैरहवा राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका संयोजक डा रोशन बस्नेतले बताए ।

नेपाल कृषि अनुसन्धान परिषद् बाली तथा बागवानी अनुसन्धान निर्देशक डा टेकप्रसाद गोतामेलेका अनुसार राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले खाद्य सुरक्षासँगै पोषण सुरक्षालाई प्राथमिकतामा राख्दै पछिल्लो छ दशकमा ५४ वटा उन्नत गहुँका जात विकास गरेको छ । हाल थप चार जात सिफारिसको चरणमा रहेको र १३ वटा पुराना जात सिफारिस सूचीबाट हटाइएको छ ।

उनले अनुसन्धान कार्यक्रमले तराई क्षेत्रका लागि जिङ्क गहुँ–१, जिङ्क गहुँ–२ र बोर्लग–२०२० तथा पहाडी क्षेत्रका लागि खुमलशक्ति, भेरीगङ्गा र हिमगङ्गा जात विकास गरेको जानकारी दिए । यी जातमा जिङ्क र आइरनको मात्रा बढी पाइने तथा रोग, कीरा र जलवायु परिवर्तनको असर सहन सक्ने क्षमता उच्च रहेको दाबी गरिएको छ । नयाँ जातबाट प्रतिहेक्टर साढे पाँच टनसम्म उत्पादन लिन सकिने वैज्ञानिकहरूको दाबी छ । वैज्ञानिकहरूका अनुसार उन्नत जात प्रभावकारी रूपमा किसानसम्म पुर्याउन सके र मलखाद तथा सिँचाइको उचित व्यवस्थापन गर्न सके देश गहुँमा आत्मनिर्भरमात्र होइन, निर्यात गर्ने अवस्थासम्म पुग्न सक्छ ।