१७ श्रावण २०८३, आईतवार
,
Latest
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता २०८३ वैशाखदेखि साउन १७ सम्म विपद्बाट १ सय ९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले… थाइल्यान्डबाट ११ किलो गाँजा ल्याएको आरोपमा तीन भारतीय नागरिक पक्राउ राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी विदाको दिनमा पनि राहदानी बनाउनेको भीड, अत्यावश्यक हुनेले मात्रै आवेदन दिन विभागको आग्रह काँग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छः रञ्जित कर्ण शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल व्यवसायी प्रसाईँको मुद्दाको फाइल झिकाउन आदेश



फाइल फोटो
अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सक्कल फाइल झिकाउने आदेश गरेको छ ।

न्यायाधीशद्वय डा नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले आज महान्यायाधिवक्ताको कार्यालयबाट फाइल झिकाउन आदेश दिएको हो । प्रसाईँका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा फाइल झिकाउने आदेश गरिएको छ ।

आदेशमा भनिएको छ, “जिल्ला प्रहरी परिसर काठमाडौँको लिखित जवाफबाट निर्वाचन आयोगको मिति २०८२/११/०४ को पत्रबाट अनुसन्धान गरी कारबाही गर्न लेखि पठाएबमोजिम निवेदकलाई पक्राउ गरिएको भन्ने खुल्न आएकाले सो आयोगबाट निवेदकउपर अनुसन्धान गरी कारबाही गर्न लेखी पठाउने भनी गरेको निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउनू ।”

अदालतले यही मङ्गलबारका लागि उक्त विवादमा सुनुवाइ तय गरेको छ । प्रहरीले पठाएको जवाफमा निर्वाचन आयोगबाट मेडिकल व्यवसायी प्रसाईँमाथि अनुसन्धान गर्न पत्राचार भएकाले पक्राउ गरिएको उल्लेख थियो । सोही विषयमा अदालतले आयोगको पत्रसहित अनुसन्धानको सक्कल फाइल झिकाउन आदेश गरेको हो । रासस