२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

झापा–५ मा वालेन्द्रको वाचापत्र: भ्रष्टाचारविरुद्ध अग्रपंक्ति, शिक्षा–स्वास्थ्यदेखि आइटी हबसम्म

झापा–५ मा वालेन्द्रको वाचापत्र: भ्रष्टाचारविरुद्ध अग्रपंक्ति, शिक्षा–स्वास्थ्यदेखि आइटी हबसम्म
अ अ+ अ-

काठमाडाैँ । झापा–५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार वालेन्द्र शाहले आफू निर्वाचित भए संविधानको पूर्ण पालना गर्दै संघीय संसदमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका उनले बेथिति र भ्रष्टाचारविरुद्ध अग्रपंक्तिमा उभिने, झापा–५ का विकास मुद्दालाई राष्ट्रिय नीति तथा बजेटमा सशक्त रूपमा उठाउने तथा संघ, प्रदेश र स्थानीय तहबिच समन्वय गरी योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने बताएका छन्।

उनले नेपाल सरकार र जेनजी बिच भएका सम्झौताहरू पारदर्शी र समयमै कार्यान्वयन गराउने प्रतिबद्धता जनाउँदै सार्वजनिक सेवालाई चुस्त, दुरुस्त र नागरिकमैत्री बनाउने बताएका छन्। राष्ट्रहित विपरीत कुनै सम्झौता नगर्ने, विकाससँगै प्रकृति संरक्षणलाई प्राथमिकता दिने तथा झापा–५ मा व्यवस्थित संसद सचिवालय स्थापना गर्ने उनको भनाइ छ।

शिक्षा क्षेत्रमा गरिब तथा विपन्न परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालय स्थापना गर्ने तथा विद्यालय छाड्ने दर शून्यमा झार्ने लक्ष्य लिइएको छ।

गौरीगञ्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालयलाई पुनर्निर्माण गरी डिजिटल अध्ययन केन्द्रका रूपमा सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ। दमक बहुप्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने तथा दमक–१० स्थित साइन्स पार्कलाई व्यवस्थित गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

स्वास्थ्यतर्फ दमक अस्पताललाई ३०० शैयामा स्तरोन्नति गर्ने, विपन्न र असहाय बिरामीका लागि अस्पतालका १० प्रतिशत शैया निःशुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने तथा ग्रामीण र सीमावर्ती क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार गर्ने उल्लेख गरिएको छ। ‘घर–घर स्वास्थ्य सेवा’ कार्यक्रम सञ्चालन गरी ज्येष्ठ नागरिक र फरक क्षमता भएका नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराउने योजना पनि अघि सारिएको छ।

पूर्वाधार विकासअन्तर्गत दमक–रवि–चिसापानी सडक यथाशीघ्र सम्पन्न गर्ने, रतुवा र मावा खोलामा तटबन्ध निर्माण गरी कटान र डुबान नियन्त्रण गर्ने, ग्रामीण सडक र पुल स्तरोन्नति गर्ने तथा दमकलाई पूर्वी नेपालको आइटी हबका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। आदिवासी जनजाति रंगशाला निर्माण, विराट बुद्ध पार्क, सभागृह र भ्यूटावरलाई उच्चतम नागरिक उपयोगितासहित सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाइएको छ।

कृषि तथा रोजगारीतर्फ कन्काई–रतुवा सिँचाइ योजना विस्तार, प्रत्येक पालिकामा श्रम बैङ्क अवधारणा लागू, गौरादह कृषि भण्डारण केन्द्र स्थापना, उत्पादनमा आधारित अनुदान प्रणाली तथा कृषि उत्पादनको समर्थन मूल्य ग्यारेन्टी लागू गर्ने योजना प्रस्तुत गरिएको छ। युवालाई कृषि पेशामा आकर्षित गर्न बिमा, सिँचाइ र प्रविधिमा आधारित उत्पादन प्रणाली सुदृढ गरिने जनाइएको छ।

भूमि व्यवस्थापनतर्फ भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधानका लागि ‘१०० दिनमा आयोग, १००० दिनमा समाधान’ नीति अवलम्बन गरिने उल्लेख छ। बाँझो जमिनको सदुपयोगका लागि ल्याण्ड बैङ्क व्यवस्था तथा ऐलानी जग्गाको नापी–नक्सा अभिलेखीकरण सम्पन्न गरिने बताइएको छ।

महिला तथा बालबालिकाका लागि आमाको नामबाट नागरिकता लिँदा हुने झन्झटिलो प्रक्रिया सरल बनाउने, महिला कृषि कर्जा कार्यक्रम लागू गर्ने, २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुनिश्चित गर्ने तथा हिंसापीडित महिला तथा बालबालिकाका लागि सेफ हाउस स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

पर्यटन, उद्योग र खेलकुदतर्फ गौरीगञ्ज भन्सारलाई व्यवस्थित र पारदर्शी बनाउने, सीमावर्ती पर्यटन विकास योजना लागू गर्ने, बहुआयामिक खेलकुद एकेडेमी निर्माण गर्ने तथा दमक गोल्डकपलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना सार्वजनिक गरिएको छ।

सुशासनतर्फ अनलाइन गुनासो दर्ता प्रणाली, सार्वजनिक कार्यको डिजिटल ड्यासबोर्ड, शून्य सहनशीलता भ्रष्टाचार नीति तथा श्रम ऐन परिमार्जन गरी सशक्त कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ।

शाहले जनअपेक्षाअनुसार काम गर्न आफू राजनीतिमा आएको उल्लेख गर्दै मतदातासँग विश्वासलाई काममा रूपान्तरण गर्ने अवसर दिन आग्रह गरेका छन्।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2026/02/balendra-shah.pdf”]