११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा

इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
अ अ+ अ-

जेरुसेलम । इजरायलले बुधवार देखि सुरु भएको रमजानमा पूर्वी जेरुसेलमको अल–अक्सा मस्जिदमा जनाको लागि दश हजार जना प्यालेस्टिनी उपासकलाई साप्ताहिक प्रार्थनामा भाग लिन अनुमति दिने घोषणा गरेको छ ।

इजरायली अधिकारीहरूले मस्जिद परिसरमा प्रवेश गर्न प्रतिबन्ध लगाइ ५५ वर्ष वा सोभन्दा बढी उमेरका पुरुष, ५० वर्ष वा सोभन्दा बढी उमेरका महिला र १२ वर्ष सम्मका बच्चाहरूलाई मात्र प्रवेश गर्न अनुमति दिएको जनाएका छन् ।

“दस हजार प्यालेस्टिनी उपासकहरूलाई रमजानको महिना भरि शुक्रबारको प्रार्थनाका लागि टेम्पल माउन्टमा प्रवेश गर्न अनुमति दिइने तयारी भएको प्यालेस्टिनी नागरिक मामिलाका लागि इजरायली रक्षा मन्त्रालयको एजेन्सी कोगाटले विज्ञप्ति मार्फत जनाएको छ ।

रमजानको समयमा, लाखौं प्यालेस्टिनीहरू परम्परागत रूपमा अल– अस्कामा प्रार्थनामा भाग लिने गर्छन् । अल–अक्सा, इस्लामको तेस्रो पवित्र स्थल, हो जुन पूर्वी जेरुसेलममा अवस्थित छ, जसलाई इजरायलले सन् १९६७ मा कब्जा गरेको थिायो ।

प्यालेस्टिनी जेरुसेलम गवर्नरेटले यस हप्ता इजरायली अधिकारीहरूले इस्लामिक जोर्डनियनलाई रोकेको बताएको छ। हाल अस्थाई संरचनाहरू स्थापना गर्ने र अस्थायी चिकित्सा क्लिनिकहरू स्थापना गर्ने सहित रमजान अघिका नियमित तयारीहरू भई रहेको जनाइएको छ।

अल–अक्सा मस्जिदका एक वरिष्ठ व्यक्ती इमाम शेख मुहम्मद अल–अब्बासीलाई उदृत गर्दै एएफपीले उहाँलाई पनि परिसरमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको जनाएको छ । अब्बासीले सोमबार देखि लागु भएको प्रतिबन्धको कारण बारे आफु जानकार नभएको बताउनु भएको छ।

रमजानमा यहूदीहरूले अल– अस्का भ्रमण गर्ने गर्छन भने अक्सा परिसरलाई उनीहरूले पहिलो र दोस्रो यहुदी तीर्थ स्थलको रूपमा सम्मान गर्छन विडम्बना उनीहरूलाई त्यहाँ प्रार्थना गर्ने अनुमति छैन ।

इजरायलले यो स्थितिलाई कायम राख्न प्रतिबद्ध रहेको बताएको छ, यद्यपि प्यालेस्टिनीहरूले यसको बिरोध गर्ने डर रहेको जनाइएको छ। पछिल्लो समयमा यहुदी अतिराष्ट्रवादीहरूको बढ्दो सङ्ख्याले प्रार्थना प्रतिबन्धलाई चुनौती दिएको जनाइएको छ । (रासस/क्युएनए)