१७ श्रावण २०८३, आईतवार
,
Latest
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल आन्तरिक पर्यटन व्यवस्थापन र उच्च उचाइको जोखिम न्यूनीकरणमा जोड : मन्त्री रिमाल नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार आचार्य सम्मानित



अ+ अ-

पर्सा। ‘बिहारीलाल लाठ कर्मवीर सम्मान’बाट साहित्यकार तथा पत्रकार मुकुन्द आचार्य सम्मानित हुनुभएको छ ।

रिलिफ सोसाइटी अफ कमर्सले संस्थाका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष स्वर्गीय बिहारीलाल लाठको १४औँ पुण्यतिथिका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आचार्यलाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको हो।

साहित्यकार आचार्य विगत पाँच दशकदेखि नेपाली भाषा तथा साहित्य, भोजपुरी भाषा–साहित्य, शिक्षण र पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ। मधेश विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्य, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतम तथा संस्थाका अध्यक्ष योगेन्द्रप्रसाद यादवलगायतले संयुक्त रूपमा आचार्यलाई सम्मान गर्नुभएको थियो ।

सोही अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पु-याउने जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियार, योग प्रशिक्षक रामप्रसाद पण्डित, पाइलट सौरभ रौनियार, उद्यमी दिप्ती धुरका र शिक्षिका डा नेहा अग्रवाललाई पनि सम्मानपत्रले सम्मान गरिएको थियो ।

संस्थाका सल्लाहकार गणेशप्रसाद लाठले समाजमा उल्लेखनीय काम गर्दै आएका व्यक्तित्वलाई सम्मान गर्ने परम्पराको सुरुवात गरेको बताउनुभयो ।

उपकुलपति शाक्यले समाज निःस्वार्थ रूपमा योगदान गर्ने व्यक्तिलाई सम्मानित गर्नु उदाहरणीय र सराहनीय कार्य भएको बताउनुभयो। सम्मानित व्यक्तित्व आचार्यले सम्मानले आफूलाई थप हौसला र प्रोत्साहन मिलेको बताउनुभयो । रासस