११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइयो

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइयो
अ अ+ अ-

काठमाडौँ। शेर्पा समुदायले नयाँ वर्ष ‘२१५३औँ मे फो ता लो’ ग्याल्पो ल्होसार आज नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरी उल्लासपूर्वक मनाएका छन् ।

पर्वका अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गर्दै प्रेम, शान्ति र भाइचाराको सन्देश साटासाट गरी मनाएका हुन् । ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात नयाँ भन्ने अर्थ बोकेको ल्होसारलाई शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने परम्परा छ ।

यस अवसरमा गाउँघर तथा टोलका बाटोघाटो र पानीका मुहान सरसफाइ गर्ने, गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशिर्वाद लिने तथा आफन्तजनबीच भेटघाट गर्ने चलन छ । साथै नौ प्रकारका अन्न मिसाइएको परिकार गुथुक, खाप्से र डेसिल तयार गरी खाने परम्परा छ ।

नेपाल शेर्पा सङ्घका अध्यक्ष लाक्पा ठिन्ले शेर्पाले यस पर्वलाई सांस्कृतिक उत्सवसँगै अधिकार प्राप्तिको आन्दोलनका रूपमा समेत लिनुपर्ने बताउनुभयो ।

उहाँकाअनुसार ल्होसार नयाँ वर्षको सुरुआत मात्र नभइ सांस्कृतिक उत्सवको महत्वपूर्ण पर्व हो । यस अवसरलाई आपसी सद्भाव, शुभकामना आदानप्रदान र समुदायको अधिकारका विषय उठान गर्ने अवसरका रूपमा मनाइएको उहाँले बताउनुभयो ।

यसै अवसरमा आज शेर्पा संरक्षण समाज नेपालले बूढानीलकण्ठ नगरपालिकामा शुभकामना आदानप्रदान एवं सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । समाजका महासचिव रिञ्जिन शेर्पाले यस कार्यक्रममार्फत छरिएर रहेका शेर्पा समुदायबीच एकता र हर्ष बढाउन मद्धत गरेको बताउनुभयो ।

पर्वका क्रममा स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो भने तुङ्गना (डम्याङ) को मधुर धुनसँगै सामूहिक उल्लास देखिएको थियो । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले चन्द्र पात्रोअनुसार फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँवर्ष सुरु हुने विश्वासका साथ ग्याल्पो ल्होसार मनाउँदै आएका छन् । नयाँ वर्षका रूपमा मनाइने यस पर्वले समाजमा नयाँ आशा, उमङ्ग र उत्साह ल्याउने तथा आपसी प्रेम, सद्भाव, एकता र सहकार्यको भावना बलियो बनाउने विश्वास गरिएको छ ।

ग्याल्पो ल्होसार शेर्पा समुदायको मात्र नभइ नेपाली बहुसांस्कृतिक पहिचानको महत्वपूर्ण पर्वका रूपमा स्थापित हुँदै आएको छ । —