११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

संविधान र लोकतन्त्रको रक्षाका लागि मधेसका ८ वटै जिल्लामा काँग्रेसलाई जिताउन निधीको अपिल

संविधान र लोकतन्त्रको रक्षाका लागि मधेसका ८ वटै जिल्लामा काँग्रेसलाई जिताउन निधीको अपिल
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले लोकतन्त्र, संविधान र व्यवस्था खतरमा रहेको भन्दै त्यसको रक्षाका लागि मधेस प्रदेशका सबै जिल्लामा पार्टीलाई जिताउन अपिल गर्नुभएको छ ।

बुधवार धनुषामा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता निधीले यस्तो बताउनुभएको हो ।

उहाँले वर्तमान अवस्थामा मुलुकमा जननिर्वाचित सरकार र संसद नरहेको तथा सरकार जनताप्रति पूर्ण रूपमा जवाफदेही नभएको आरोप लगाउनु भयो । उहाँले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा नेपाली काँग्रेसले मात्रै गर्नसक्ने जिकिर गर्नुभयो । निधिले नागरिक अधिकारका लागि पार्टीले विगतदेखि संघर्ष गर्दै आएको स्मरण गराउँदै संविधानमार्फत सबै वर्ग, जातजाति र समुदायको अधिकार सुनिश्चित गर्ने पार्टी नेपाली काँग्रेस भएको दाबी  गर्नुभयो । उहाँले मधेशका ८ वटै जिल्लामा सडक, पुल, अस्पताल, उच्च शिक्षा तथा कृषि क्षेत्रको विकासमा थप काम गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले मधेशको अधिकार र समृद्धिका लागि कांग्रेसले निरन्तर काम गर्दै आएको दाबी गर्दै घर–घरमा पुगेर पार्टीका पक्षमा मतदान गर्न अपिल नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘२१ गते चुनाव छ, अब १५ दिन मात्र छ । हामी यो प्रतिज्ञा गर्छौं की आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा रुख चुनाव चिन्हलाई जिताउनको लागि प्रतिज्ञा गरौँ । मधेस प्रदेशका ८ वटै जिल्लामा काँग्रेसलाई जिताउन लाग्न आग्रह गर्दछु । यो साधारण र नियमित चुनाव होइन । नेपालमा अहिले जननिर्वाचित सरकार र संसद छैन । जनताद्वारा निर्वाचित संसद र सरकार छैन । यो सरकार जनतप्रति प्रतिवद्ध र जवाफदेही पनि छैन । लोकतन्त्र र संविधान पनि खतरा छ । व्यवस्थामाथि प्रहार भएको छ । त्यसलाई संरक्षण गर्नको लागि पनि चुनावमा काँग्रेसलाई जिताउन महत्वपूर्ण छ । नागरिकको अधिकारको लागि विपी कोईरालाको पालादेखि लड्दै आएको छ । संविधानद्वारा सबै  वर्ग, जातजाति र समुदायको अधिकार सुनिश्चित गर्ने पार्टी नेपाली काँग्रेस नै हो । विकासका लागि नेपाली काँग्रेसको नीति र नेतृत्वले मात्र गर्न सक्छ । मधेशका सबै जिल्लामा कयौँ, सडक र पुल निर्माण गर्न आवश्यक छ । काँग्रेसले मधेशको अधिकार र विकासका लागि लामो समयदेखि काम गर्दै आएको छ । त्यसकारण काँग्रेसलाई मतदान  गर्न सबैलाई घरघरमा गएर आग्रह गर्न म साथिहरुलाई अनुरोध गर्न चाहन्छु । मधेशमा अझै पनि अस्पताल, उच्च शिक्षा र कृषि क्षेत्रको विकास गर्न आवश्यक छ । यसको लागि रुख चिन्हमा मतदान गर्नुहोस् । नेपालमा नेपाली काँग्रेसबाहेक कोही पनि परिवर्तनकारी पार्टी छैन ।’

उहाँले नयाँ भनिएका दलहरु मधसवासीको भावनासँग खेलन खोजिरहेको आरोप लगाउँदै त्यसतर्फ सचेत हुन समेत सबैमा आग्रह गर्नुभयो ।