१९ भाद्र २०८३, शुक्रबार
,
Latest
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन एवं पूजाआराधना



अ+ अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको पावन अवसरमा आईतवार पशुपतिनाथ र काठमाडौंको सिफलस्थित भण्डारेश्वर महादेव मन्दिरको दर्शन एवं पूजाआराधना गर्नुभएको छ ।

महाशिवरात्रि २०८२ का अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजाआराधना गरेलगत्तै राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित सिफल पुग्नुभएको हो ।

मन्दिर प्रवेश गर्नुभएका राष्ट्रपति पौडेललाई मन्दिरका पुजारीले विधिपूर्वक पूजा गराई टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो । सोही अवसरमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पनि पशुपतिनाथ महादेवको दर्शन गर्नुभएको छ ।

उच्च पदस्थ व्यक्तित्वहरूको आगमनलाई ध्यानमा राख्दै मन्दिर परिसरमा सुरक्षा व्यवस्था मजबुत पारिएको थियो भने स्थानीय भक्तजनहरूले उहाँहरूको स्वागत गरेका थिए । —न्युज एजेन्सी नेपाल