१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा भित्रियो १२ सय टन तरुल



अ+ अ-

काठमाडौं । माघेसंक्रान्ति नजिकिँदै जाँदा राजधानीमा १२ सय टन तरुल भित्रिएको छ । राजधानीमा भित्रिएको तरुल गत वर्षको भन्दा बढी हो।

गत वर्ष काठमाडौंकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालिमाटीमा एक हजार टन तरुल भित्रिएको थियो। तर भारतीय तरुल भने अहिलेसम्म जम्मा ४० टनमात्रै भित्रिएको छ ।

यस्तै २ सय २८ टन सखरखण्ड काठमाडौं भित्रिएको छ भने १ सय ७२ टन पिँडालु पनि उपत्यका भित्रिएको छ । यो सबै गत वर्षको तुलनामा बढी हो।