१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड

पाँच वर्षदेखि अलपत्र विद्यालय भवन निर्माण शुरु

पाँच वर्षदेखि अलपत्र विद्यालय भवन निर्माण शुरु
अ अ+ अ-

भोजपुर । पौवादुङ्मा गाउँपालिका– ३, च्याङ्ग्रेस्थित पञ्चकन्या माविकोे पाँच वर्षदेखि अलपत्र भवन निर्माणको काम अघि बढ्ने भएको छ । आपसी किचलोका कारण लामो समयदेखि रोकिएको निर्माण प्रमुख जिल्ला अधिकारीको पहलमा सार्वजनिक सुनुवाइ गरिएपछि निर्माण शुरु गर्ने निर्णय भएको हो । रु ४० लाख लागतमा निर्माण गर्ने गरी थालिएको भवन निर्माणको काम रु ३० लाख खर्च भएपछि २०७२ सालदेखि रोकिएको थियो ।

विद्यालयका प्रअ रामकुमार राईले भन्नुभयो, “लामो समयबाट निर्माण कार्य अलपत्र थियो, प्रजिअको रोहवरमा काम शुरु गर्ने निर्णय भएकाले अब कामलाई निरन्तरता दिन्छौँ ।” भवन निर्माणको काम करीब अन्तिम चरणमा पुगेपछि स्थानीयवासीले निर्माण समितिले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी दिएका थिए । आयोगले छानबिन गरेर कुनै पनि अनियमितता नभएको भन्दै क्लिन चिट दिए पनि काम रोकिएको थियो । सबैको गुनासो सम्बोधन भएकाले अब कामले निरन्तरता पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रजिअ नुरहरि खतिवडाले भन्नुभयो, “स्थानीयवासीको कुरा सुन्दा व्यक्तिगत रिसइबीको कारण अख्तियारमा उजुरी परेको रहेछ, जिल्लामा अख्तियारको छानबिन गर्ने जिम्मेवारी मेरो भएकाले यो पहल गरेको हुँ, अब काम अगाडि बढाउने निर्णय भएको छ ।” विगत वर्षमा गाउँपालिकाले आफ्नो केन्द्रमा रहेको सो विद्यालयलाई नमूना विद्यालय बनाउने योजनाका साथ बजेट विनियोजन गरेको थियो । निर्माण क्रममा केही व्यक्तिले गलत मनसायका साथ आयोगमा उजुरी दिएकाले बजेट खर्च नभएको जनाइएको छ । सबैको पहलमा निर्माणलाई अगाडि बढाउने सहमति जुटेकाले अब विद्यालयलाई नमूना विद्यालय बनाउने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष किरण राईले भन्नुभयो, “विद्यालयको काममा अवरोध थियो, जसका कारण विगतमा गाउँपालिकाले विनियोजन गरेको बजेट खर्च भएन, अब भने हामी नमूना विद्यालय बनाउने गरी काम अगाडि बढाउँछौँ ।” काम गर्ने वातावरण तय भएकाले भवन निर्माणलाई निरन्तरता दिने विद्यालयले व्यवस्थापन समितिले जनाएको छ । कामलाई गुणस्तरीय तरिकाले सञ्चालन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश भुजेलको भनाइ छ । विद्यालय भवन निर्माण भएपछि अहिले कक्षाकोठाका कारण उत्पन्न भएको समस्या समाधान हुने विद्यालयले जनाएको छ । विद्यालयमा केही समयअघिदेयिख कम्प्युटरसँगै बालीविज्ञान कक्षासमेत सञ्चालन भइरहेको छ ।