१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड

अनुगमन नहुँदा व्यापारीलाई मालामाल, जनतालाई सास्ती

अनुगमन नहुँदा व्यापारीलाई मालामाल, जनतालाई सास्ती
अ अ+ अ-

दार्चुला । गत वर्ष दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाले फाट्टफुट्टरूपमा जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा बजार अनगुमन गर्यो तर यो वर्षको दोस्रो चौमासिकसम्म बजार अनुगमनको काम ठप्प छ ।

यतिबेला अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई छ । जनप्रतिनिधिले कामको अझै मेसो पाएका छैनन्  । महाकाली नगरपालिका बाहेकका आठ वटा अरु स्थानीय तहले दुई वर्षदेखि बजार अनुगमन गरेका छैनन् । महाकाली नगरपालिकाले पनि यो वर्ष बजार अनुगमन गर्ने कुनै सुरसार छैन ।

विगतमा जिल्ला प्रशासन कार्यालयले दशैँ तिहारको समय पारेर सदरमुकाम र जिल्लाका मुख्य बजारमा अनुगमन गर्ने गरेको थियो । तर अनुगमनको अधिकार स्थानीय तहमा गएपछि नियमितरूपमा हुँदै आएको बजार अनुगमन रोकिएको छ ।

प्रशासनले अगुवाई गर्दै भइराख्ने बजार अनुगमनमा हरेक पटक म्याद गुज्रिएको सामान उल्लेख्य परिमाणमा फेला पर्ने गरेको थियो । कुनै कुनै पसलमा बेच्न राखिएको सबै सामानमध्ये आधाभन्दा बढी म्याद नाघेको भेटिने गरेको थियो । सदरमुकाम खलङ्गाको अधिकांश सामान भारत पिथौरागढको धार्चुलाबाट आयात हुने गरेको छ ।

पारि धार्चुलाबाट आउने अधिकांश सामान गुणस्तरहीन र म्याद नाघेको अवस्थामा भेटिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताउनुभयो । “विगतमा हामीले भारतीय बजारबाट आएका थुप्रै जङ्कफुड (पत्रु खाना) नष्ट गर्ने गरेका थियौँ, पसल दर्ता भए नभएको, गुणस्तर भए नभएको बारेमा अनुगमन गर्ने गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर अहिले आएर अनुगमन भएको छैन ।”

अहिले बजार अनुगमन नहुँदा व्यापारीलाई मनोमानी भएको छ । बजार अनुगमनमा नियमित सहभागी हुँदै आएका एक सदस्यले भन्नुभयो, “अहिले त स्थानीय तहले अनुगमनका लागि मतलब नै नगरेपछि ठगिखाने व्यापारीलाई मालामाल भएको छ । उपभोक्ताले आफ्नो सामान खरीद गर्दा मतलब राख्दैनन्, अनुगमन हुँदा मात्रै सामानको गुणस्तर म्याद हेरिने गर्छ ।”

अनुगमन गर्ने निकाय चलायमान नहुँदा यतिबेला व्यापारीको मनपरी झन् बढेको छ । दशैँ तिहारको बेलासमेत बजार अनुगमन हुँदैन । धनगढी र महेन्द्रनगर आदि तराईका बजारमा उपभोक्ता सचेत हुने भएकाले म्याद नाघेको, कमसल गुणस्तर भएको र मिसावट भएको उपभोग्य सामान पहाडतिर पठाउने गरेको व्यापारी नै बताउँछन् ।

दार्चुलाको अधिकांश बजार भारतीय सीमासँग जोडिएको छ । भारतीय निर्भरतामा जिल्लाको व्यापार चल्दै आएको छ । जिल्लाको लेकम, मालिकार्जुन, महाकाली, दुहुँ र व्यास गाउँपालिकाको भारतसँग सीमा जोडिएको क्षेत्र हो ।

दार्चुलाको मुख्य बजार सदरमुकाम खलङ्गाको महाकाली नगरपालिकामै अनुगमन हुँदैन भने सहायक बजारहरुमा त मतलब नै हुँदैन । विगतमा स्थानीय प्रशासनले जिल्ला सदरमुकाम, मालिकार्जुन, शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर, मार्माको लटिनाथसम्मको बजार अनुगमन गर्ने गरेको थियो ।

शैल्यशिखर नगरपालिकाका लालबहादुर विक भन्नुहन्छ, “अहिलेसम्म बजारमा अनुगमन भएको थाहा छैन ।” सदरमुकाम खलङ्गापछि दोस्रो ठूलो बजार रहे पनि स्थानीय सरकारले बजार अनुगमनमा ध्यान नदिएको उहाँको भनाइ छ । अनुगमनको काम रोकिँदा कालोबजारी सक्रिय भएको उहाँले गुनासो गर्नुभयो । उपभोक्ता सचेत नहुँदा व्यापारीले मनोमानी सामान विक्री गर्नपाएको उहाँको भनाइ छ ।

“गत वर्ष नगरपालिकासँग आग्रह गरेर बजार अनुगमन गर्न टोली पठायौँ”, सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले भन्नुभयो, “यो पटक कुनै पनि स्थानीय तहबाट बजार अनुगमनको लागि टोली मागिएको छैन ।”

स्थानीय तहको अधिकार क्षेत्र भएका कारण बजार अनुगमनका लागि उनीहरुले नै चासो दिनुपर्ने उहाँको भनाइ थियो । “कसैलाई पनि बजार अनुगमनबारे मतलब छैन । हामीलाई आग्रह गरी आयो भने कर्मचारीका साथै सुरक्षाका लागि सुरक्षाकर्मी पठाइदिने हो”, उहाँले भन्नुभयो ।

मालिकार्जुन गाउँपालिकाका उपाध्यक्ष पुष्पा अवस्थी स्थानीय तह गठन भएदेखि बजार अनुगमन हुन नसकेको स्वीकार गर्नुहुन्छ । उहाँले भन्नुभयो, “कहिल्यै बजार अनुगमन गरिएन, गाउँको बजार सानै हुन्छ अनुगमनतर्फ ध्यान पनि गएन ।”