१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड

सूचना प्रविधि विधेयक विरुद्ध महासंघ अदालत जाने

सूचना प्रविधि विधेयक विरुद्ध महासंघ अदालत जाने
अ अ+ अ-

काठमाडौं । पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सूचना प्रविधि विधेयकका विरुद्ध अदालत जाने चेतावनी दिनुभएको छ ।

विधेयकका केही बुँदाहरुले मौलिक हक सम्बन्धि व्यवस्थाहरुलाई कटौती गरी कठपुतलि अदालत गठन गर्न खोजेको भन्दै यसको विरुद्ध अदालत जाने चेतावनी दिनुभएको हो । सूचना प्रविधि विधेयक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा विषयक अन्तरक्रिया कार्यक्रममा आचार्यले समितिमा संशोधन भएका केही बुँदाहरु राम्रा भएपनि केही बुँदाहरुमा सजाय थपको व्यवस्था भएकोप्रति आपत्ति समेत जनाउनुभयो । नेपाल बार एशोसिएसन लगायतका संघ संस्थाहरुसँग पत्रकार महासंघले सहकार्य गरेर सातै प्रदेशमा जाने, विधेयकको विरुद्धमा सदनसम्म विज्ञप्ती मार्फत रोकियोस भनेर आग्रह गर्ने र सडकमा पनि जान सक्ने सहमति भएको उहाँले बताउनुभयो । १ वर्षभन्दा बढी फैजदारी सजाय हुने कुरामा अर्ध न्यायीक निकायलाई संविधानले अधिकार नदिएको भएपनि विधेयकले संविधानको गम्भिर उलंघन गरेको उहाँले बताउनुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले सत्तापक्ष र प्रतिपक्षले यो विषयमा सहकार्य गरेर टुंगो लगाउनुपर्ने बताउनुभयो । हिजो गिरीजाप्रसाद कोइरालाको पालामा समेत नियन्त्रण नै गर्न खोजिएको र आज केपी ओलीको पालामा पनि सोही नियती दोहोरिएको उहाँको भनाई छ । राज्य सत्ताहरु जहिलेपनि नियन्त्रणमुखि नै हुने उहाँको भनाई छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सरकारमा गएपछि प्रेसलाई थुनिहाल्नु पर्ने, प्रेसलाई बन्देज लगाउनुपर्ने कस्तो मानसिकता हो भन्दै प्रश्न गर्नुभयो । उहाँलै एउटा माइक बोकेर हिडेको कुनै अनलाइनको पत्रकार थुनिनुपर्ने अवस्था आएको बताउनुभयो । अहिले सरकारले ल्याएको विधेयकले पत्रकारलाई मात्रै नभएर आम नागरिकको मौलिक हक नै कुण्ठित गरेको बताउनुभयो । ‘‘कुनै गाउँको एक व्यक्तिले सांसदलाई तीन पटक माननिय ज्यू विकास कहिले आउँछ, माननिय ज्यू विकास कहिले आउँछ, माननिय ज्यू विकास कहिले आउँछ तपाई कहिले आउनुहुन्छ भनेर सोध्यो भने यसले मलाई जिस्कायो । यसले मलाई तीन पटक फोन ग¥यो । मलाई हेप्नी भनेर जेल हाल्न सक्छ ।’’

अन्तक्रिया कार्याक्रममा सहभागिहरुले सरकारले नियन्त्रणमुखि विधेयक ल्याएको आरोप लगाएका थिए । संविधानले दिएको मौलिकहरु हनन हुने गरी विधेयक आएको भन्दै सहभागिहरुले विरोध गरेका हुन् ।