१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूलो मात्रामा अबैध औषधिहरु बरामद



अ+ अ-

काठमाडौं। औषधि ब्यबस्था बिभागले ठूलो मात्रामा अबैध औषधिहरु बरामद गरेको छ। अबैध तरिकाले बिक्री गर्ने उदेश्यले स्टोरगरि राखिएका औषधिहरु बरामद गरिएको हो। बिशेष सुचनाका आधारमा एघार प्रकृतिका औषधिहरु बरामद गरिएको औषधि ब्यबस्था बिभागका महानिर्देशक नारायण ढकालले बताए ।

गृह मन्त्रालय अन्तर्गतको लागू औषध नियन्त्रण ब्युरो र बिभागको समन्वयमा खुसिबु स्थित एक स्टोरबाट ट्रमाडोल टयाब्लेट लगायत बरामद गरिएको छ । हिजो मङ्गलबार सो स्टोरमा छापा मारेको बिभागले जनाएको छ । घटनामाथी थप अनुसन्धान भइरहेको छ ।