१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड

कर्णाली सुहाउँदो शिक्षा नीति ल्याउन जोड

कर्णाली सुहाउँदो शिक्षा नीति ल्याउन जोड
अ अ+ अ-

सुर्खेत । सरोकारवालाले कर्णालीको भूगोल सुहाउँदो शिक्षा नीति ल्याउन जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘शिक्षाको अधिकार र हाम्रो अवस्था’ विषयक कार्यक्रममा उनीहरुले कर्णालीमैत्री नयाँ शिक्षा नीतिको खाँचो औँल्याएका हुन् । प्रदेशसभा सदस्य पद्मा खड्काले कर्णालीको भूगोल, कला संस्कृति, इतिहास, पर्यापर्यटनलाई समेट्ने खालको शिक्षा नीति निर्माण गर्न जरुरी रहेको विचार व्यक्त गरे ।

“शिक्षामा पछाडि रहेकै कारण कर्णाली सबै सूचकका पछाडि परेको हो”, उनले भने, “राष्ट्रिय शिक्षा नीति पनि जारी भइसकेको अवस्था छ, प्रदेशले निर्माण गर्ने नीतिमा सबैका सुझाव समेटेर कर्णालीमैत्री बनाइनेछ, जसले विद्यमान शिक्षा क्षेत्रका ऐन–कानूनलाई मार्गदर्शन गर्नेछ ।”
शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय कोषाध्यक्ष टीकाराम आचार्यले प्रदेशस्तरमा निर्माण गरिने शिक्षा नीतिमा कर्णालीको समग्र अवस्थालाई ध्यानमा राखिनुपर्ने सुझाव दिए । शिक्षक महासङ्घ सुर्खेतका अध्यक्ष कृष्णबहादुर थापाले विद्यालय शिक्षाको अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेपछि नयाँ–नयाँ समस्या सिर्जना भएको बताए ।

शिक्षक सङ्घ सुर्खेतका अध्यक्ष गोविन्द केसीले धेरै स्थानीय तहले शिक्षासम्बन्धी नीति ल्याउन नसकेकाले विद्यालय शिक्षामा अराजकता हाबी भएको धारणा राखे । प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्दछ ।

सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन, नियमन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्याङ्कन र नियमन, गाभिएका वा बन्द गरिएका विद्यालयको सम्पत्ति व्यवस्थापन, शिक्षा समिति गठन तथा व्यवस्थापन, विद्यालयको नामकरण, सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्य सामग्रीको वितरणलगायतका काम स्थानीय सरकारको अधिकार क्षेत्रमा पर्दछन् ।सरोकारवालाले प्रदेश शिक्षा नीति तर्जुमा गर्दा स्थानीय तहका जनप्रतिनिधि, शिक्षा शाखाका कर्मचारीसँग समन्वय गर्न आग्रह गरेका थिए ।