२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईगोरु नियन्त्रणमा



अ+ अ-

झापा । जिल्ला प्रहरी कार्यालय झापाले भारत निकासी गर्दै गरेका गाईगोरु नियन्त्रणमा लिएसँगै रु आठ लाख ८० राजश्व सङ्कलन गरेको छ । प्रहरीले भारत निकासी गर्दै गरेका ४४ गाईसहित २२३ गोरु नियन्त्रणमा लिएको छ ।

कानूनमा गाई निकासी गर्न प्रतिबन्ध छ भने गोरु भन्सार तिरेर निकासी गर्नुपर्ने प्रावधान छ । त्यस्तो कारोवारमा सङ्लग्नले भारत निकासी हुने गोरुको भन्सार नगरी गाईसमेत अवैध निकासी गर्न थालेपछि प्रहरीले गाई गोरु नियन्त्रणमा लिन थालेको छ । दुई सातामा प्रहरीले भारत निकासी हुँदै आएका गाई नियन्त्रणमा लिएर गौशाला र गोरु भन्सार कार्यालय पठाएको छ । झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार खुला सिमानाको फाइदा उठाउँदै गाईगोरुको व्यापार बढेपछि कुमरखोद, भद्रपुर, गौरीगञ्ज, केचनालगायतका नाकामा कडाइ गरिएको छ ।

योसँगै प्रहरीले दुई सातामा रु ३८ लाख ३२ हजार बराबरको अवैध सामग्री बरामद गरेको छ । झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार किराना सामग्री मात्रै रु छ लाख ८१ हजार, विद्युतीय सामग्री रु एक लाख १५ हजार, सवारीसाधन पाटपूर्जा रु एक लाख २५ हजार, लत्ताकपडा रु आठ लाख ५४ हजार, सुपारी रु १० लाख २७ हजार ५०० र काठ रु एक लाख ५० हजार बराबरको बरामद गरिएको हो ।