१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईगोरु नियन्त्रणमा



अ+ अ-

झापा । जिल्ला प्रहरी कार्यालय झापाले भारत निकासी गर्दै गरेका गाईगोरु नियन्त्रणमा लिएसँगै रु आठ लाख ८० राजश्व सङ्कलन गरेको छ । प्रहरीले भारत निकासी गर्दै गरेका ४४ गाईसहित २२३ गोरु नियन्त्रणमा लिएको छ ।

कानूनमा गाई निकासी गर्न प्रतिबन्ध छ भने गोरु भन्सार तिरेर निकासी गर्नुपर्ने प्रावधान छ । त्यस्तो कारोवारमा सङ्लग्नले भारत निकासी हुने गोरुको भन्सार नगरी गाईसमेत अवैध निकासी गर्न थालेपछि प्रहरीले गाई गोरु नियन्त्रणमा लिन थालेको छ । दुई सातामा प्रहरीले भारत निकासी हुँदै आएका गाई नियन्त्रणमा लिएर गौशाला र गोरु भन्सार कार्यालय पठाएको छ । झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार खुला सिमानाको फाइदा उठाउँदै गाईगोरुको व्यापार बढेपछि कुमरखोद, भद्रपुर, गौरीगञ्ज, केचनालगायतका नाकामा कडाइ गरिएको छ ।

योसँगै प्रहरीले दुई सातामा रु ३८ लाख ३२ हजार बराबरको अवैध सामग्री बरामद गरेको छ । झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार किराना सामग्री मात्रै रु छ लाख ८१ हजार, विद्युतीय सामग्री रु एक लाख १५ हजार, सवारीसाधन पाटपूर्जा रु एक लाख २५ हजार, लत्ताकपडा रु आठ लाख ५४ हजार, सुपारी रु १० लाख २७ हजार ५०० र काठ रु एक लाख ५० हजार बराबरको बरामद गरिएको हो ।