१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्मुस फाउण्डेसनलाई मिल्यो आर्थिक सहयोग



अ+ अ-

सुर्खेत । नेपाल तरुण दलका जिल्ला अध्यक्ष एवं कलाकार हरि विष्टले जन्मदिनका अवसरमा धुर्मुस–सुन्तली फाउण्डेसनलाई रु ५१ हजार १११ सहयोग गर्नुभएको छ । उहाँले फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ उक्त रकम प्रदान गर्नुभएको हो ।

उहाँले जन्मदिनका अवसरमा होटलमा फजूल खर्च गर्नुभन्दा विकास निर्माणमा लगानी गर्न उपयुक्त लागेको बताउनुभयो । फाउण्डेसनको बैँक खातामा सो रकम जम्मा गरेको कलाकार विष्टले जानकारी दिनुभयो । साथै, उहाँले सुर्खेत उद्योग वाणिज्य सङ्घको व्यावसायिक राहत अक्षयकोषलाई पनि सहयोगस्वरुप रु ५१ हजार १११ प्रदान गर्नुभएको छ ।