२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआइसी एसिया बैंकमा राखिएको बम डिस्पोज



अ+ अ-

राजविराज । अज्ञात समूहले सप्तरीको राजविराजस्थित एनआईसी एसिया बैंकको भर्याङमा राखिएको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । मङ्गलबार बिहान राखेको बम कर्मचारीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

बैंकको भर्याङ बम राखिएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको राजविराजस्थित नेपाली सेनाको भिमदल गणको बम डिस्पोजल टोलीले बम निस्कृय पारेको हो ।

प्रमुख सेनानी गुप्तबहादुर कुँवरका अनुसार तर्साउनका लागि राखिएको होब्स बम प्राविधिक टोलीले बैंकभित्रै राखिएको स्थानमा विस्फोट गरेर सफलतापूर्वक निस्कृय पारेका छन् । विस्फोटले केही क्षति भएको छैन।

बम राखिएसँगै मानिसमा त्रास फैलिएको थियो। २ घण्टासम्म बजारमा यातायातसमेत प्रभावित भएको थियो ।