२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

दैनिक उपभोग्य वस्तुको भाउ बढेको हो ?

दैनिक उपभोग्य वस्तुको भाउ बढेको हो ?
अ अ+ अ-

काठमाडौँ । निर्वाचनको मुखमा बजारमा दैनिक उपभोग्य वस्तुहरुको भाउ बढ्दै गएको छ । विगत केही समयदेखि तेल, चामलजस्ता दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि देखिएको छ भने ग्यासको अभाव अझै हटेको छैन । खानेतेलमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म मूल्यवृद्धि देखिएको छ भने चामलको समेत भाउ बढेको छ ।

यसले उपभोक्ताको भन्सासम्मै असर पर्ने देखिएको छ । बजारमा पछिल्ला दिनमा खानेतेल, चामल र दालमा अत्यधिक मूल्यवृद्धि भएको व्यवसायीहरू नै स्वीकार्छन् । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले केही दिन यता बजारमा दाल, चामल, तेलमा भाउ बढेर आएको बताउनुभएको छ । उहाँकाअनुसार त्यस्ता वस्तुहरु एमआरपी नै बढेर आएका कारण दैनिक उपभोग्य वस्तुहरु खुद्रा व्यापारीहरुले बढाएर बेच्नुपरेको छ ।

महासचिव तुलाधरले भन्नुभयो,– ‘तेल र चामलमा मूल्यवृद्धि भएको छ । एक डेढ महीनामा खुद्रा पसलमा २४५ रुपैयाँमा विक्री गर्ने समान ३ सय रुपैयाँ सम्ममा बेच्नुपर्ने अवस्था आएको छ । यसले बजारमा उपभोक्तालाई समस्या पार्नसक्छ । हिजोआज प्रायजसो समानमा एमआरपी राखेर आएको हुन्छ । खुद्रा पसलेहरुले एमआरपी राख्ने कुरा आउँदैन, एमआरपी राख्ने उत्पादक, आयातकर्ताले नै हो । एमआरपी राखेको सही हो या होइन, त्यो एमआरपी ठिक छ नै, त्यो हेर्ने अनुगमनकारी निकायको हो । खुद्रा पसलेले जुन एमआरपी राखेर समान आएको हुन्छ, त्यसैमा बेच्नुपर्ने हुन्छ । २४० को एमआरपी लगाएको समान २९० मा बेच्न मिल्दैन र त्यस्तो गरिएको छैन ।’

उहाँकाअनुसार मुल्य वृद्धिको कारण बुझ्दा उत्पादक, आयातकर्ताले डलरको भाउ बढेर भनिरहेका छन् । कच्चा पदार्थको मूल्य बढ्दा पनि केही खाद्यपदार्थको भाउ बढेको आएको जानकारी आफूले पाएको तुलाधरले जानकारी दिनुभयो । तुलाधरकाअनुसार बजारमा आपूर्तिमा केही असहजता हुँदा पनि बजार भाउ बढ्ने गरेको छ । मूल्यवृद्धि किन र कसरी भइरहेको छ भन्नेबारे वाणिज्य विभागले चासो देखाउनुपर्ने उनको भनाइ छ ।

बजारमा ब्यापारीले दाल, चामलजस्ता वस्तुको मुल्य वृद्धि गरिरहँदा सरकारी संस्थाले भने भाउ बढाउन नपरेको बताएको छ । बजारमा कालोबजार, विचौलियागिरी बढ्दा सुपथ मूल्यमा नुन, ग्याससहित खाद्यवस्तु उपलव्ध गराउने जिम्मेवारी पाएको सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले अझै आफूहरुले विक्री गर्ने समानमा मूल्यवृद्धि नगरेको प्रष्ट पारेको छ ।

साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत, ब्रजेशकुमार झाले साल्ट टे«डिङसँग भएको दैनिक उपभोग्य वस्तु नुन, दाल, चामलहरुमा मूल्यवृद्धि नगरिएको बताएउनु भयो । उहाँकाअनुसार साल्टले नुन बेच्दै आएको छ, अहिले स्टकमा १ लाख २७ हजार ४६३ मेट्रिक टन नुन छ । जुन ६ महिना बढिलाई यो स्टकले थेग्छ । यसमा कुनै पनि मूल्यवृद्धि हुनेछैन । साल्ट टेड्रिङको काठमाडौँ कार्यालय अन्तर्गत चिनी अहिले स्टकमा ६ हजार ४४३ क्विन्टल रहेको छ । अन्य कार्यालयमा पनि चिनीको स्टक छ । यो भएको स्टकमा मूल्यवृद्धि भएको छैन र पुरानै मूल्यमा विक्री भइरहेको छ । बजारबाट साल्ट ट्रडिङले खरिद गरेर ल्याउने खाद्यवस्तुहरुमा मूल्यवृद्धि भए आगामी दिनमा भाउ बढ्ने सम्भावना रहेको उनले जानकारी दिनुभयो । उहाँकाअनुसार साल्टले अहिले खरिद गर्न लागेको तेल चामलहरुमा भाउ बढेर आउने सम्भावना छ । खासगरी कच्चापदार्थको मुल्यवृद्धिले गर्दा मुल्यवृद्धिको सम्भावना बढेर गएको उहाँले बताउनु भयो ।

सहायक प्रमुख कार्यकारी अधिकृत, व्रजेशकुमार झाले भन्नुभयो,–‘साल्ट टे«डिङसँग भएको दैनिक उपभोग्य वस्तु नुन, दाल, चमलहरुमा मूल्यवृद्धि हुँदैन । साल्टले नुन बेच्दै आएको छ, स्टक १ लाख २७ हजार ४६३ मेट्रिक टन छ । जुन ६ मशिना बढिलाई यो स्टकले थेग्छ । यसमा कुनैपनि मुल्यवृद्धि हुनेछैन । साल्ट टेड्रिङको काठमाडौं कार्यालय अन्तर्गत चिनी अहिले स्टकमा ६ हजार ४४३ क्विन्टल रहेको छ । अन्य कार्यालयमा पनि चिनीको स्टक छ । यो भएको स्टकमा मूल्यवृद्धि भएको छैन र पुरानै मूल्यमा विक्री गरिरहेका छौँ । बजारबाट साल्ट ट्रेडिङले खरिद गरेर जुन खाद्यवस्तुहरु विक्री गर्दै आएको छ, त्यसमा मूल्यवृद्धि देखिएको छ । जस्तै चामल, दालमा मूल्यवृद्धि देखिएको छ तर अहिले साल्ट टे«डिङसँग जुन स्टक छ त्यसमा कुनै मूल्यवृद्धि गरिएको छैन । सरकारले दिएको जिम्मेवारीअनुसार साल्ट टे«डिङले काम गरिरहेको छ । नुनदेखि दैनिक अत्यावश्यक वस्तुहरु सहज ढंगले विक्री वितरण साल्ट टे«डिङले गरिरहेको छ । खाद्यवस्तुहरु बजारमै खरिद गर्दा मुल्य बढेर आउछ भने त्यसमा साल्टले पनि मुल्य बढाएर बेच्नुपर्ने अवस्था आउन सक्छ । एलपीजी ग्यासको सन्दर्भमा दैनिक रुपमा साल्ट टेडिङले ग्यास विक्री गरिरहेको छ । अहिले कुनै अभाव छ्रैन । दैनिक रुपमा ग्यास विक्रीको विवरण वाणिज्य विभागलाई समेत जानकारी दिने गरिएको छ । 

अहिले करिव १८ सय सिलिण्डर कोटेश्वरको डिपोमा स्टकमा छ र यो वितरण पनि भइरहेको छ । ग्यास बुलेटको हकमा ५ ओटा ग्यासका बुलेट अर्थात ९० टन ग्यास नेपाल आइरहेका छन् । अरु थ्रुपै बुलेटहरु ग्यास लिन भारत गइरहेका छन् । अहिले एसटीसी ग्यासको कुनै अभाव छैन । विक्री वितरण सहजै भइरहेको छ ।’

वाणिज्यले अनुगन बढायो

बजारमा दैनिक उपभोग्य वस्तुसहित निजी कम्पनीहरुले ग्यास अभाव गरेपछि सरकारले अनुगमन बढाएको अधिकारीहरुले बताएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक नरहरी तिवारीले दाल, चामल, तेलमा मूल्यवृद्धि गरेको गुनासापछि अनुगमन बढाइएको जानकारी दिनुभयो ।
विभागका निर्देशक तिवराले बजारमा कुनैपनि वस्तुको सहज आपूर्ति र सोको व्यवस्थापन गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लागिपरिरहेको बताउँदै उपभोक्ताले वस्तुहरु सहजरुपमा पाएको अवस्था छ छैन् भन्ने सन्दर्भमा अनुगमन बढाइएको जानकारी दिनुभयो ।

निर्देशक तिवारीले भन्नुभयो, – ‘अहिले पछिल्ला दिनमा खाने तेलको धेरै गुनासो आयो । मूल्यवृद्धि भएको गुनासापछि विभागले सघन रुपमा अनुगमन ग¥यो ।  चामलको पनि मूल्यवृद्धि भएपछि अनुगमन गरियो । चामलमा पनि त्यस्तो धेरै मूल्यवृद्धि भएको छैन । बजारमा उपलब्धता रहेको छ । अहिले ग्यास अभाव बारे धेरै गुनासो आएपछि सघन रुपमा हेरिरहेका छौँ । दैनिक ४–४ वटा अनुगमन टोली ग्यास पसलदेखि वितरकसम्मै पुगेर अनुगमन गरिरहेका छौँं । ग्यास मागको तुलनामा आपूर्ति केही कमी भएको पाइएको छ । जाडोमा १५ प्रतिशत ग्यासको माग बढ्ने रहेछ । ग्यास अभावको अनुगमन गर्ने जिम्मेवारी आयाल निगमको पनि हो । वाणिज्य विभागले कसैले ग्यास स्टक राखेर कालोबजारी गरेको छ भने अनुगमन गरेर कारबाही गर्ने गरेको छ । करिव ९० भन्दा उद्योग, फर्महरुमा पछिल्ला दिनमा अनुगमन गरेका छौं । यो समस्या पनि छिटै हल हुने आशा छ ।’

तिवारीकाअनुसार कालोबजारी गर्ने, आपूर्ति श्रृंखलामा असर गर्नेहरुमाथि विभागले अनुगमन बढाएको छ ।