१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलआउट हुँदै नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप २०२६ को १७ औं खेलमा नेपालले इटालीलाई जितको लागि जम्मा १२४ रनको लक्ष्य दिएको छ ।

मुम्बईको वानखेडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनायो ।

नेपालको लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले २३ रन जोड्दा आसिफ शेखले २० र दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए । त्यसैगरी, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए । अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।