३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बहुमत पाएर काम गर्न नसके यही घण्टीले हामीलाई बजाइदिनुहोला: रवि लामिछाने

बहुमत पाएर काम गर्न नसके यही घण्टीले हामीलाई बजाइदिनुहोला: रवि लामिछाने
अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै देशव्यापी चुनावी अभियानमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज स्याङ्जाको वालिङमा मतदाताहरूसामु ठूलो बाचा गरेका छन्।

चितवन, रूपन्देही, नवलपरासी र कास्की हुँदै स्याङ्जा आइपुगेका लामिछानेले वालिङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै आफ्नो पार्टीलाई पाँच वर्ष स्थायी सरकार चलाउने अवसर दिन आग्रह गरे। उनले जनतासँग मत माग्ने क्रममा चुनौतीपूर्ण शैलीमा भने, ‘हामीलाई पाँच वर्ष देश बनाउने जिम्मा दिनुस्, यदि काम गर्न सकेनौं भने अहिले तपाईंहरूले प्रेमपूर्वक बजाएको यो घण्टीले हामीलाई नै बजाइदिए हुन्छ।’

सभापति लामिछानेले पार्टीका उम्मेदवारहरूको इमानदारी र जवाफदेहिताका विषयमा पनि कडा अभिव्यक्ति दिए। स्याङ्जाबाट रास्वपाका उम्मेदवारले जितेर गएपछि जनताको मतको अपमान हुने कुनै काम गरेमा उनीहरूलाई यहीँको चौतारामा ल्याएर छोडिदिने र जनताले जे-जस्तो कारबाही गरे पनि आफूलाई मन्जुर हुने उद्घोष उनले गरे।

लामिछाने आउने खबरले बिहानैदेखि स्याङ्जाका सडकहरूमा समर्थक र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। वालिङको कार्यक्रम सकेर उनी अहिले पाल्पाका मतदाताहरूसँगको भेटघाटका लागि त्यसतर्फ प्रस्थान गरिसकेका छन्।