१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड

दूध बिक्री नभएपछि भैँसी बेच्दै किसान

दूध बिक्री नभएपछि भैँसी बेच्दै किसान
अ अ+ अ-

सिन्धुली । भैँसीपालन गर्ने व्यावसायिक किसानले दूध बिक्री नभएको गुनासो गरेका छन् । दूधौली नगरपालिका–६ हर्षाही, ढोडेनीका किसानले दूध बिक्री नभएको गुनासो गरेका हुन् । हर्षाहिका पर्मिला कार्कीले आफ्नै लगानीमा भैँसीपालन त गर्नुभयो, तर दूध बिक्री नहुँदा समस्यामा परेको सुनाउनुभयो । पर्मिलाले भन्नुभयो, “आफ्नै लगानीमा भैँसी पालेर दूध बिक्रीबाट राम्रै आम्दानी गर्ने सोचेको थिएँ, तर दूध नै बिक्री नभएर समस्या थपिएको छ ।”

उहाँका अनुसार दैनिक ६० लिटर दूध उत्पादन हुन्छ तर बजार भने छैन । लगानी डुबिसकेको र दूधको बजारीकरणका लागि सहयोग गरिदिन दूधौली नगरपालिकालाई आग्रह गरिए पनि सुनुवाइ नभएको उहाँको भनाइ थियो । उहाँ भन्नुहुन्छ, “अब विस्तारै भैँसी नै बिक्री गर्ने योजना पो बनाएको छु ।”

दैनिक दूध दिने ११ भैँसी पाल्ने योजना बनाएर पर्मिलाले व्यवसाय शुरु गर्नुभएको थियो । सात भैँसी बेचेपछि अहिले पाँचवटामा सीमित भएको छ । “दूध बिक्री नभएपछि भैँसी नै बेचे, स्थानीयस्तरमै कृषि व्यवसाय गरौँ भन्ने सपना सफल हुन सकेन अब के गर्ने अन्योल भएको छ”, उहाँले भन्नुभयो ।
भैँसीको दूध बिक्री नहुँदा डोरकुमारी कार्की पनि समस्यामा पर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “दूध उत्पादन हुन्छ, तर न बजार छ न मूल्य, बरु भैँसी नै बेच्न सजिलो भन्ने बित्तिकै बिक्री भइहाल्छ ।” दूध बेचेको पैसाले घर चलाउने सोच राखेपनि खर्चका लागि जोहो गरेको पैसा कटाएर भैँसी पाल्नुपरेको उहाँले सुनाउनुभयो । यसमा सम्बन्धित पक्षले नै चासो नदेखाएको उहाँको भनाइ थियो । सो क्षेत्रमा घाँस पर्याप्त भएकाले पशुपालनको राम्रो सम्भावना छ । बजार नहुँदा भने कोसँग गुहार माग्ने भन्ने चिन्ता थपिएको छ । “गाउँघरमा एक÷दुई माना दूध बेचेर टिक्न मुस्किल भयो”, उहाँले दुखेसो पोख्नुभयो ।

किसानहरु मिलेर दुग्ध उद्योग सञ्चालकसँग कुरा गरेपनि दूध नियमित नलिएको उनीहरुको भनाइ थियो । “भैँसीले नियमित दूध दिन्छ, कसरी दूधको व्यवस्थापन गर्ने, दूध तताएर दही बनायाँै, मोही बनाएर घ्यू निकालौँ भने पनि काम गर्ने जनशक्ति हुँदैन, नगरपालिकामा छिमेकी जिल्लाको दूध आउँछ तर स्थानीय उत्पादन बिक्री हँुदैन”, उहाँको गुनासो छ ।

यस्तै जगतबहादुर कार्कीले पनि चार भैँसीको दूध बिक्री नभएर दुई वटा बेच्नुभयो । बाँकी पनि बेच्ने योजना उहाँको छ । दूध बिक्री भए भैँसी धेरै पालेर व्यवसायी बन्ने योजना बनाउनुभएको जगतबहादुरले बजार नै नपाएपछि भैँसी पालेर मात्र काम नभएको बताउनुहुन्छ । “आफूजस्ता धेरै किसानको यही समस्या छ”, उहाँले भन्नुभयो, “अन्तका किसानले एउटा भैँसीको बिहानको दूध बेचेर घर खर्च चलाएको र बेलुकाको दूध घरायसी प्रयोजनका लागि राख्ने गरेको सुनेको थिएँ, आफूले बिहान–बेलुकाको दूध बेच्ने र व्यवसायी बन्ने सोचअनुसार चार भैँसी पालेँ, तर सकिँदोरहेनछ, बजार नै भेटिएन ।”

दूध बिक्री नहुँदा समस्या भोगिरहेका सो क्षेत्रका यी प्रतिनिधि किसान मात्र हुन् । अधिकांश भैँसीपालक किसानको समस्या उस्तै छ । उत्पादन भएको दूध बिक्री नहुँदा आफँैलाई भैँसी पालेको सजाय पाएको किसानको दुःखेसो छ ।

दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले दूध बिक्री नभएको सम्बन्धमा कुनै जानकारी नआएको बताउनुभयो । नगरपालिकाका अन्य स्थानमा सङ्कलन केन्द्र स्थापना गरी दूध बिक्री भइरहेको बताउँदै ढोडेनीका किसानको समस्या समाधान गर्न आफूले तत्कालै पहल गर्ने उहाँले बताउनुभयो । नगरपालिकाले दूधमा आफूलाई आत्मनिर्भर बन्ने योजना अघि सारेको र किसानलाई प्रोत्साहन गरिरहेको अवस्थामा त्यस क्षेत्रका किसानको समस्या समाधान गर्न आफू लाग्नेसमेत नगरप्रमुख राउतले बताउनुभयो ।

नगरपालिकाका अन्य स्थानमा घरबाटै न्यूनतम प्रतिलिटर रु ६० भन्दा बढीमा बिक्री भइरहेको र प्रतिलिटर रु ५२ सस्तो भएको भन्दै मूल्यमा एकरुपता, चिस्यान तथा सङ्कलन केन्द्रको स्थापना र बजारीकरणमा नगरापलिका तयार रहेको उहाँले बताउनुभयो । यस्तै सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले किसानले दूध बिक्री नभएको गुनासो गरेको र उन्नतशील कृषि तथा उद्यमशील सहकारी संस्थाले केही प्रतिशत रकम लगानी गरे आफूले स्थानीयस्तरमा नै चिस्यान केन्द्रको स्थापना गर्न सहयोग गर्ने बताउनुभयो ।