२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

प्रतिनिधि सभा निर्वाचनः प्रत्यक्षतर्फको एक करोड ५७ लाखभन्दा बढी मतपत्र छपाइ सकियो, १२ जिल्लामा ढुवानी

प्रतिनिधि सभा निर्वाचनः प्रत्यक्षतर्फको एक करोड ५७ लाखभन्दा बढी मतपत्र छपाइ सकियो, १२ जिल्लामा ढुवानी
अ अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

बिहीवार बिहान ८ बजेसम्म प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फका ५८ जिल्लाका १२४ ावटा निर्वाचन क्षेत्रकोआगि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगका मुद्रण अधिकृत बाबुराम कोईरालाले जानकारी दिनुभयो । उहाँले प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने उल्लेख गर्दै एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको बताउनु भयो ।

उहाँकाअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न गरी रुजु (जाँच) समेत गरेर ढुवानीको लागि तयारी अवस्थामा राखिएको छ । मुद्रण अधिकृत कोईरालाले छापिएका मतपत्रमध्ये ५८ जिल्लाको प्याकिङ कार्य पूरा भई ढुवानी गर्न मिल्ने अवस्थामा राखिएको बताउनु भयो । आजदेखि कर्णाली प्रदेशमा मतपत्र ढुवानी कार्य शुरु गरिएको उहाँको भनाइ छ । उहाँले कर्णालीसँगै सुदूरपश्चिम, कोशी लगायतका प्रदेशमा चरणवद्ध रूपमा मतपत्र पठाउने कार्ययोजना रहेको पनि बताउनु भयो । निर्वाचन आयोगले आगामी फागुन १२ गतेभित्र १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पु¥याइसक्ने लक्ष्यसहित काम गरिरहेको उहाँको भनाइ छ ।

मुद्रण अधिकृत कोईरालाले भन्नुभयो, ‘अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले गत पुस २२ गतेदेखि नमूना मतपत्र छपाइ गरी ७७ वटै जिल्लामा मतदाता शिक्षा प्रयोजको लागि पठाइसकेको अवस्था छ । र २०८२ साल पुस २६ गतेबाट समानुपातिक निर्वाचनतर्फको मतपत्र छपाइ गरी रुजु समेत गरेर तयारी अवस्थामा राखिएको अवस्था छ । त्यसैगरी यही माघ १६ गतेदेखि पहिलो हुने निर्वाचित हुने निर्वाण प्रणालीका लागि आवश्यक मतपत्र छपाइ गरी हालसम्म १ करोड ५७ लाख ७५ हजार छपाइ सकेका छौँ । हालसम्म ५८ जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भई ढुवानी गर्न मिल्ने अवस्थामा राखिएको छ । र हालसम्म १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ । आजदेखि कर्णाली प्रदेशको मतपत्र ढुवानी कार्य शुरु गरिएको छ । कर्णाली, सुदूरपश्चिम, कोसी लगायतका प्रदेशमा विस्तारै मतपत्र पठाउने कार्ययोजना छ । अगामी फागुन १२ गतेभित्र १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइसक्ने कार्ययोजनासहित आयोगले कार्य गरिरहेको छ ।’

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले दैनिक १५ लाख मतपत्र छपाइ गरिरहेको छ । कोईरालाकाअनुसार बिहीवारसम्म कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, ह्म्ला, कालिकोट, जुम्ला, जाजरकोट दैलेख र सुर्खेत गरी १० जिल्लाको मतपत्र ढुवानी कार्य समेत सम्पन्न भइसकेको छ ।