२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

विश्वकपको सुपर आठमा पुग्नसके नेपाली क्रिकेटले ठूलो फड्को मार्छः उपाध्यक्ष सिंह

विश्वकपको सुपर आठमा पुग्नसके नेपाली क्रिकेटले ठूलो फड्को मार्छः उपाध्यक्ष सिंह
अ अ+ अ-

काठमाडौँ । नेपालले भारतमा जारी आइसिसी टी ट्वान्टी विश्वकपको पहिलो खेलमा जितनजिक पुगेर पनि पराजित हुन पराजित हुन पुग्यो । दुईपल्ट विश्व च्याम्पियन इङ्ल्याण्डसँग चार रनले पराजित भएसँगै नेपाली टोलीमा ठूला राष्ट्रसँग खेल्ने अनुभवको कमि देखिएको चर्चा भइरहेको छ ।

पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेल र नेपालका अन्य खेलाडीले यस्तै प्रश्न सामना गर्नुपरेको छ । रोहितले पनि सहजै आपूmहरूले टेस्ट राष्ट्रसँग खेल्ने अवसर नपाएको स्वीकार गर्ने गरेका छन् । गत संस्करणको विश्वकपमा दक्षिण अफ्रिकासँग पनि नेपाल १ रनले पराजित हुँदा ठूला राष्ट्रविरुद्ध जित निकाल्न असफल भएको थियो । दशौं संस्करणमा पनि नेपाली टोलीले यही नियती सामना गर्नुप¥यो । नेपालका कप्तान रोहितले भारत, अस्ट्रेलिया र इङ्ल्याण्डजस्ता टोलीलाई टियु क्रिकेट स्टेडियममा समर्थक स्वागत गर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले सन् २०२२ देखि नै टेस्ट राष्ट्रसँग खेल्न प्रयास गरिएको उल्लेख गर्दै अन्तिम समयमा श्रीलंका र अफगानिस्तान जस्ता टोलीलाई ल्याउन नसिएको बताएका छन् ।

श्रीलंकामा एशिया कप खेल्न जाँदा त्यहाँको बोर्डसँग छलफल गरिएको र त्यो छलफलमा सकारात्मक नतिजा आएको उनी बताउँछन् । एसिसीको पदाधिकारीसहितको छलफलमा नेपालसँग सहकार्यको गर्ने निचोड आएको उनी बताउँछन् । तर क्यालेण्डरमा व्यस्ततापछि योजनाअनुरूप सफल नभएको क्यानका उपाध्यक्ष सिंहको भनाइ छ । गत विश्वकपमा दक्षिण अफ्रिकासँगको खेलपछि नेपाली क्रिकेटपति विश्वको हेर्ने नजर नै राम्रो बनेको उनी बताउँछन् । अन्तत् गत वर्ष क्यानले वेस्ट इन्डिजसँग श्रृंखला गर्ने सफल भएको उनले उल्लेख गरे । त्यस किसिमका खेलले नेपाली खेलाडीमा आत्मबल बढाउने उनको विश्वास छ । कप्तान रोहितले भनेजस्तै टेस्ट राष्ट्रलाई नेपाल ल्याउन पहल गरिने क्यानका उपाध्यक्ष सिंहले विश्वस्त पारेका छन् ।

साथै उनले मुम्बईको वाङखडे स्टेडियममा नेपाली समर्थकको उत्साहजनक उपस्थितिले नेपालको क्रिकेट विकासमा मद्दत पुग्ने विश्वास गरेका छन् । उनले नेपाली समर्थकको उपस्थितिबारे आइसिसी र एसिसीले राम्रोसँग मूल्याङ्कन गर्ने बताएका छन् । साथै इङ्ल्यान्डविरुद्ध नेपाली खेलाडीको प्रदर्शनप्रति पनि आइसिसीका पदाधिकारीले प्रंशसा गरेको उनी बताउँछन् । यसले गर्दा नेपालमा क्रिकेट विकासमा सहयोग पुग्ने उनको आशा छ । साथै विश्वको ठूलो फ्रेन्चाइज क्रिकेटमा पनि नेपाली खेलाडीले अवसर पाउने क्यानका उपाध्यक्षको विश्वास छ ।

क्यानका उपाध्यक्ष रोशन सिंहले जारी विश्वकपमा नेपाल सुपर आठसम्म पुग्नेसके नेपाली क्रिकेटको विकास ठूलो फड्को मार्ने बताउँछन् । उनले नेपाली टोलीमा क्षमता पनि रहेको उल्लेख गरे । नेपालको समूह ‘सी’ को दुई पल्टको च्याम्पियन इङ्ल्याण्ड र वेस्ट इण्डिजसँगै इटाली र स्कटल्याण्ड छन् । नेपालले बिहीबार दोस्रो खेलमा इटालीसँग खेल्दैछ ।