१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड

माघे सङ्क्रान्तिमा ६५ हल गोरु नुवाकोट र धादिङमा भिडन्त गराईदै, गोरु जुधाइको इतिहास यस्तो छ…

माघे सङ्क्रान्तिमा ६५ हल गोरु नुवाकोट र धादिङमा भिडन्त गराईदै, गोरु जुधाइको इतिहास यस्तो छ…
अ अ+ अ-

रामहरि न्यौपाने

माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङको विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडामा आठ, लिखु गाउँपालिका–३ कट्टीछापमा तीन, तादी गाउँपालिका–४ सातबिसेमा दश, शिवपुरी गाउँपालिका–५ शेराबगरको गैरीफाँटमा पाँच हल गोरु आज जुधाउन लागिएको छ । धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा सात हल गोरु जुधाउन लागिएको आयोजक चमेरे गुफा संरक्षण समाजले जनाएको छ ।

तारुकामा आयोजित गोरु जुधाइको व्यवस्थापन ‘माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्था’ ले गरेको छ । संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीको अनुसार गोरु जुधाइको सबै तयारी पुरा भएको छ । चन्दनीमा २१ हल गोरु जुधाउन लागिएको हो । गोरु जुधाइ तथा विभिन्न सांस्कृतिक कार्यक्रममा यसपटक नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालालगायत सहभागी हुने कार्यक्रम छ । गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीको अनुसार तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा यहाँ हरेक वर्ष मकर सङ्क्रान्ति पर्वको अवसरमा गोरु जुधाई प्रतिस्पर्धालाई मेलाको रुपमा सञ्चालन गर्ने गरेको पाइन्छ ।

विसं २०६२ देखि स्थानीयवासीले हरेक वर्ष आलोपालो रुपमा समिति बनाएर माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थामार्फत व्यवस्थित रुपमा गोरु जुधाउन लागिएको हो । यसैगरी, गोसाइकुण्ड युवा क्लबको आयोजनमा बेत्रावतीमा ११ हल गोरु जुधाउन लागिएको छ । आयोजक क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलका अनुसार वेत्रावतीमा जुधाइने गोरु जात्राको मेला अवलोकन गर्न प्रतिनिधिसभाको उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलगायत सहभागी हुने कार्यक्रम छ ।

नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विंस १८४९ मा बेत्रगंगाको नदी किनारमा भएको व्यापारिक सन्धि पश्चात् नेपाली पक्षको जीतको उत्सवमा तत्कालीन समयमा गोरु जुधाएको स्मरणमा सामरिक महत्व कायम राख्न स्थानीयको पहलमा जोरु जुधाइलाई निरन्तरता दिएको गोसाइकुण्डका क्लबका सल्लाहकार अष्टमान डङ्गोलले बताए । उनको अनुसार विसं २०६७ देखि गोसाइकुण्ड युवा क्लबको पहलमा गोरु जुधाइ जात्रालाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याइएको हो ।

मकर सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको तारुका, बेत्रावतीमा जुधाइने जात्राको अनुशरण गदैै जिल्लाको अन्य स्थानमा पनि गोरु जुधाइ प्रतिस्पर्धा पछिल्लो समयमा मौलाउँदै गएको छ । लिखु गाउँपालिका–३ सूर्यमतिको कट्टीछापमा नेपाल मगर सङ्घको आयोजनमा तीन हल गोरु दर्ता भएको र आज पनि दर्ता भएका गोरुलाई प्रतिस्पर्धामा समावेश गरिने जात्रा व्यवस्थापन समितिका संयोजक एंव गाउँपालिकाको उपाध्यक्ष रोजिना राईले जानकारी दिए । गोरु जुधाइसहित विभिन्न सांस्कृतिक कार्यक्रम तथा मगर समुदायको प्रचलित घाटु नाँचलगायत प्रदर्शनी सञ्चालन गर्न लागिएको छ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ स्थित पिपलडाँडामा मकर सङ्क्रान्ति पर्वको अवसरमा नवप्रतिभा युवा क्लबको आयोजनामा आठ हल गोरु जुधाउन लागिएको अध्यक्ष शिवहरी विष्टले जानकारी दिए । उनको अनुसार गोरु जुधाइको अवलोकलनको लागि पूर्वअर्थमन्त्री एंव काँग्रेस नेता डा रामशरण महतलगायत सहभागिता रहने कार्यक्रम छ ।

यस्तै, शिवपुरी गाउँपालिका–५ गैरीफाँटमा यस वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाइ मेला चलाउन लागिएको आयोजक शेराबगर विकास समाजले जनाएको छ । संस्थाका अध्यक्ष अभियान आचार्यको अनुसार माघे सङ्क्रान्ति पर्वको अवसरमा आयोजना गरिएको गोरु जुधाइको लागि पाँच हल गोरु दर्ता भएको र आज पनि दर्ता भएका गोरुलाई प्रतिस्पर्धामा सहभागी गराउन लागिएको छ । गोरु जुधाइसहित स्थानीय तथा राष्ट्रियस्तरका कलाकारमार्फत विभिन्न सांस्कृतिक कार्यक्रम गर्न लागिएको छ ।

यसैगरी, तादी गाउँपालिका–४ सातविसेमा दश हल गोरु जुधाउन लागिएको छ । ‘माघे सङ्क्रान्ति गोरु जुधाइ तथा विविध सांस्कृतिक कार्यक्रम’ मूल समारोह समितिका अध्यक्ष हरिबहादुर तामाङको अनुसार जुधाउनको लागी १० हल गोरु दर्ता भएका छन् ।

यस्तै, नुवाकोटको तारुकासँगै जोडिएको धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा यस वर्ष सात हल गोरु जुधाउन दर्ता भएका छन् । आयोजक ‘चमेरे गुफा संरक्षण समाज’ का सचिव रोशन श्रेष्ठको अनुसार छैठौँ गोरु जुधाइ मेला विभिन्न विभिन्न कलाकारमार्फत हाँस्य प्रस्तुति विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागिएको छ । फ्याक्सेमा जुधाइने गोरुको तीन समूहमा वर्गिकरण गरिएको संस्थाका अध्यक्ष प्रितम श्रेष्ठले जानकारी दिए ।

पर्वको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ को लामाचउरलगायत स्थानमा किसानले आफूले पालेको गोरु जुधाइ प्रदर्शनी गरेर मनोरञ्जन लिने परम्परलाई यो वर्ष पनि निरन्तरता दिन लागिरहेका छन् । ‘वान भर्सेज वान’को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमा गरेर आयोजकले किसानलाई प्रतिस्पर्धामा ल्याउन उत्साहित बनाउँदै आएको छ । पछिल्लो समयमा गोरु पाल्ने किसानको सङ्ख्या घट्दै गए पनि प्रतियोगितामा भने गोरुको सङ्ख्या वृद्धि हँुदै गएकाले यसलाई मनोरञ्जनको लागि मात्र नभई पर्यटन प्रवद्र्धन तथा स्थानीय संस्कृतिको रुपमा प्रचारमा जोड दिनुपर्ने जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङ बताउछन् ।

वर्षभरी खेती गर्न गोरु पाल्न छाडेका किसानले मकर सङ्क्रान्तिमा प्रतिस्पर्धा गराएर उत्कृष्ट गोरुधनी बन्न पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर गोरुलाई जुधाउन सहभागी गराउँदै आएका किसानको लागि राज्यले अनुदान तथा सहयोगको विशेष कार्यक्रम चलाउनुपर्ने उनको सुझाव छ ।