४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुन नसक्नुमा अख्तियार पनि जिम्मेवार छः मधेस प्रदेशका मुख्यमन्त्री यादव

मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुन नसक्नुमा अख्तियार पनि जिम्मेवार छः मधेस प्रदेशका मुख्यमन्त्री यादव
अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुँजीगत खर्च हुन नसक्नुका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पनि जिम्मेवार रहेको टिप्पणी गर्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसको अवसर पारेर बुधवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो जिकिर गर्नुभएको हो ।

मुख्यमन्त्री यादवले विकास निर्माणको काममा अख्यिारमा उजुरीहरु पर्ने र त्यो आयोजनाको काम नै अघि नबढने अवस्था आउने भएकाले मुलुकमा ५० प्रतिशत पनि पूँजीगत खर्च हुन नसक्ने अवस्था आएको उल्लेख गर्दै त्यसमा सहज वातावरण बनाउने काममा लाग्नुपर्ने बताउनु भयो । उहाँले अख्तियारमा उजुरी परेपछि कर्मचारीहरु निलम्बनमा पर्ने डरले कामै गर्न नसक्ने अवस्था आउँदा पनि विकास, निर्माणको कामले गति लिन नसकेको समेत स्पष्ट पार्नु भयो । मुख्यमन्त्री यादवले ठेक्का लिने क्रममा पहुँच नपुग्नेहरुले पनि विकास निर्माणको काममा अवरोध पु¥याउने गरी अख्तियार उजुरी दिने गरेको र त्यसैलाई आधार बनाएर सो काम रोकिने अवस्था आउन नदिने कुरामा पनि उचित ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो पुँजीगत खर्च भनेको मुस्किलले ५० प्रतिशत भन्दा बढि कट्दैन । त्यो पनि हिम्मतका साथ काम गर्दा हो । कुनै पनि निर्माणको काममा कर्मचारीले हात हाल्न चाहदैन । प्रत्येक काममा, प्रत्येक योजनामा, प्रत्येक कन्स्ट्रक्शनमा सबैमा उजुरी जान्छ । त्यो उजुरी जाने अख्तियारमा हो । त्यो उजुरी गयो कि त्यहाँ तुरुन्त काम रोकिने । त्यो काम रोक्दा त्यो कर्मचारी निलम्बनमा पर्छ कि, त्यो कामै रोकिन्छ छ कि ? अनेक कुराहरु हुन्छ । त्यसले गर्दा यो कसरी सहज बनाउने  । किक छ–नियम कानून छ । त्यो अनुसार काम गर्नुपर्छ । त्यो मान्यता हो मेरो पनि । तर काम निर्वाध रुपमा अघि बढाउनका लागि वातावरण कसरी बनाउन सकिन्छ, ऐन, कानूनमा कसरी यसलाई सहज बनाउन सकिन्छ, कर्मचारीको उच्च मनोबल कसरी बढाउन सकिन्छ ? यसमा पनि मेरो विचारमा अख्तियारले बुझिदिनुपर्ने कुरा छ । नत्र एउटै कामको २५ वटा निवेदन आउँछ । कसैले आफूले गर्न पाएको छैन । टेन्डरमा उसको परेको छैन । कसैको के छ । अनेक कुराहरु छन । आफ्नो इन्ट्रेष्ट नपुगेको ठाउँमा उजुरी नै आउने हो । यसमा हेरि दिनुपर्दछ ।’

मुख्यमन्त्री यादवले कर्मचारीको मनोवल गिराउने कामले गर्दा नै मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुने अवस्था नभएको दावी समेत गर्नुभयो ।