१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड

चन्द समूहका युवा अध्यक्षलाई आगजनी मुद्दा

चन्द समूहका युवा अध्यक्षलाई आगजनी मुद्दा
अ अ+ अ-

काभ्रेपलाञ्चोक । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय युवा जन–स्वयंसेवकका जिल्ला अध्यक्ष रमण परियारलाई आगजनी अभियोगमा मुद्दा दायर गरेको छ । पाँचखाल नगरपालिका–७ होक्सेका ३० वर्षीय परियारलाई गत साल फागुन १० गते भुम्लु गाउँपालिकास्थित एनसेल टावरमा आगजनी गरेको अभियोगमा प्रहरीले मङ्गलबार मुद्दा दायर गरेको हो ।

परियारलाई सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्याएको कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। प्रहरीले परियारलाई विशेष सूचनाका आधारमा बा ८१ प ३२ नम्बरको मोटरसाइकलमा बनेपा नगरपालिकास्थित गोदाम चोकबाट सोमबार साँझ पक्राउ गरेको थियो । परियार केही वर्षअघि गुडिरहेको यात्रुवहाक बसमा आगो लगाएर सर्वसाधारणको ज्यान लिन खोजेको अभियोगमा केही महिना जेल बसेर निस्केका थिए ।

यसअघि पक्राउ परेका सोही समूहका जिल्ला सेक्रेटरी सुन्तली थोकर विरुद्धको २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल (बीटीएस) टावरमा आगजनी तथा महाभारत गाउँपालिका नजिकै सिलिण्डर बम विस्फोट गरेको अभियोगमा जिल्ला अदालतले मागेको २५/२५ हजार धरौटी तिर्न नसक्दा केन्द्रीय कारागार चलान गरिएको प्रहरीले जनाएको छ । ३२ वर्षीया थोकरलाई कात्तिक अन्तिम साता विप्लव माओवादीको जिल्ला फर्मेशनमा जिल्ला सक्रेटरी भएलगत्तै कात्तिक ६ गते राति पनौती नगरपालिका–९ नौबिसेस्थत घरबाटै प्रहरीले पक्राउ गरेको थियो ।