२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

टी-२० विश्वकप: दक्षिण अफ्रिका र अफगानिस्तानको खेल सुपर ओभरमा

टी-२० विश्वकप: दक्षिण अफ्रिका र अफगानिस्तानको खेल सुपर ओभरमा
South Africa's Kagiso Rabada, centre, celebrates the dismissal of Afghanistan's Sediqullah Atal during the T20 World Cup cricket match between Afghanistan and South Africa in Ahmedabad, India, Wednesday, Feb. 11, 2026. (AP Photo/Ajit Solanki)
अ अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को दक्षिण अफ्रिका र अफगानिस्तानबिचको रोमाञ्चक खेल सुपरओभरमा गएको छ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो।जबाफि ब्याटिङमा उत्रिएको अफगानिस्तानले पनि २० ओभरमा सबै विकेट गुमाएर १८७ रन बनायो ।

अफगानिस्तान टोलीलाई जितको लागि ३ बलमा २ रन आवश्यक थियो तर अन्तिम ओभरको चौथो बलमा फजलहक फारुकी रनआउट भएपछि खेल सुपरओभरमा गयो ।

दक्षिण अफ्रिकाका लागि रायन रिकेलटन (६१) र क्विन्टन डे कक (५९) ले अर्धशतक प्रहार गरे भने डेभिड मिलर २० रनमा अविजित रहे।

अफगानिस्तानका लागि अज्मतुल्लाह उमरजाईले तीन विकेट लिए भने रशिद खानले दुई विकेट र फजलहक फारुकीले एक विकेट लिए ।