२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

वीरगञ्जमा प्रहरीमाथि भएको आक्रमणले निर्वाचनको लागी सुरक्षा चुनौती बढायोः सांसद रोकाय

वीरगञ्जमा प्रहरीमाथि भएको आक्रमणले निर्वाचनको लागी सुरक्षा चुनौती बढायोः सांसद रोकाय
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुलुकको शान्ति–सुरक्षा अवस्थाबारे गम्भीर प्रश्न उठ्न थालेको बताउनुभएको छ ।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै उहाँले वीरगञ्जमा प्रहरीमाथि भएको आक्रमणले निर्वाचनको लागि सुरक्षा चुनौती बढाएको बताउनुभएको हो ।

नेपाली काँग्रेसको राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहुनुभएका रोकायले प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ कि हुँदैन भन्नेबारे आम नागरिकमा चासो र चिन्ता बढिरहेको बताउनु भयो । उहाँकाअनुसार निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न सुरक्षा चुनौतीका घटनाहरू सार्वजनिक भइरहेका छन् । माघ २७ गते पर्साको वीरगञ्जस्थित आर्दशनगरमा अवैध रूपमा तस्करी गरी ल्याइएको सामान बरामद गर्न पुगेको सशस्त्र प्रहरी टोलीमाथि आक्रमण भएको घटना गम्भिर भएको उहाँको भनाई छ । प्रहरीमाथि भएको आक्रमण कानूनी शासनमाथिको गम्भीर चुनौतीका रूपमा देखा परेको उहाँले बताउनु भयो । कानून कार्यान्वयन गर्ने निकाय नै असुरक्षित हुने अवस्था आए सर्वसाधारण नागरिकको सुरक्षा झन् कमजोर हुने खतरा बढ्ने उहाँको भनाई । माघ २६ गते सिराहा कारागारमा गरिएको सुरक्षा अनुगमन तथा खोजतलासका क्रममा कारागारभित्रै हतियार, एक लाख रुपैयाँ नगद तथा प्रतिबन्धित सामग्री फेला परेको उहाँले बताउनु भयो । कारागारजस्तो उच्च सुरक्षा संवेदनशील स्थानमै हतियार र नगद फेला पर्नुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभको निर्वाचन निष्पक्ष, शान्तिपुण र भयरहित वातावरणमा सम्पन्न हुन्छ, कि हुँदैन भन्ने आम नागरिकको चासो र चिन्ता रहेको छ । निर्वाचन नजिकिँदै जाँदा दिनप्रतिदिन विभिन्न घटनाहरु भइरहेका छन् । माघ २६ गते सिराहा कारागारको सुरक्षा अनुगमन र खोजीको क्रममा कारागारमा नै हतियार र एक लाख रुपैयाँ नगद र प्रतिबन्धित बस्तु फेला परेको समाचार आएको छ । माघ २७ गते पर्साको वीरगञ्जस्थित आर्दशनगरमा अवैध रुपमा तस्करी गरि ल्याईएको समान बरामद गर्न पुगेको शसस्त्र प्रहरीमाथी नै आक्रमण भएको छ । आक्रमणबाट प्रहरीको सवारीसाधन तोडफोड हुनुको साथै व्यापारिक समूहको कुटपितबाट ३ जना प्रहरी घाईते भएका छन् । उक्त आक्रमण कानूनी शासनमाथी गम्भिर चुनौती हो । सुरक्षाकर्मी माथी नै आक्रमण हुनु सामान्य घटना होइन, कानुन कार्यान्वयन गर्ने निकाय नै असुरक्षित हुने अवस्था आयो भने सर्वसाधारण नागरिक कति सुरक्षित होलान ? यसतर्फ गम्भिर बन्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

रोकायले सुरक्षा निकायको मनोबल उच्च राख्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।