२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन

समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर ट्र्याक गर्न र नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन गरेको छ ।

एनटिएनसीले अहिले तीन जिल्लाका विभिन्न क्षेत्रमा समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर ट्रयाक गर्न र नियन्त्रणमा लिन प्रत्यक्ष रूपमा टोली खटाएको सदस्य सचिव डा नरेश सुवेदीले जानकारी दिनुभयो ।

“कोषको बर्दियास्थित कार्यालयबाट खटिएका उद्धार टोली कर्णाली र लुम्बिनी प्रदेशमा छन्”, उहाँले भन्नुभयो । उद्धार टोली बर्दियाको बारबर्दिया र गुलरिया क्षेत्र, सल्यानको कालिमाटी र दैलेखको भैरवी गाउँपालिकामा केन्द्रीत छन् । वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र स्थानीय प्रशासनसँगको समन्वयमा टोलीले काम गरिरहेको उहाँले बताउनुभयो ।

कोषका प्राविधिकले २४ सै घण्टा समस्याग्रस्त वन्यजन्तुको निगरानी गरिरहेका छन् भने सल्यानमा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन तीन ठाउँमा ‘बेट’ राखिएको छ । बर्दियामा चितुवा नियन्त्रणका लागि उद्धार खोर तयारी अवस्थामा राखिएको छ । दैलेखमा बँदेलको द्वन्द्व व्यवस्थापनका लागि प्रयास भइरहेको सदस्य सचिव डा सुवेदीले बताउनुभयो ।

केही समययता सल्यानमा बाघ र दैलेखमा बँदेलको आक्रमणबाट मानवीय क्षति र घाइते भएका घटना सार्वजनिक भएपछि यो रेस्क्यु अपरेसन सुरु भएको हो । बारबर्दियामा चितुवाले पशुचौपाया र स्थानीयमाथि आक्रमण गरेको खबर आउन थालेपछि वन मन्त्रालय र निकुञ्ज प्रशासनसँगको समन्वयमा कोषको टोली खटिरहेको छ ।

दुई महिनायता मात्रै प्रविधिक टोलीले टीकापुर र बलापुरबाट दुईवटा चितुवाको उद्धार र एउटा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएको छ ।