२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

प्राकृतिक स्रोतसाधनको बाँडफाँडमा तीन तहका सरकारबीच सहकार्य आवश्यकः वनमन्त्री चौलागाईं

प्राकृतिक स्रोतसाधनको बाँडफाँडमा तीन तहका सरकारबीच सहकार्य आवश्यकः वनमन्त्री चौलागाईं
अ अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले प्राकृतिक स्रोतसाधनको बाँडफाँडमा तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल वातावरण पत्रकार समूहले बुधवार आयोजना गरेको राष्ट्रिय नीति संवाद कार्यक्रममा उहाँले स्रोतसाधनको असमान बाँडफाँड र अन्तरसरकारी समन्वय अभावका कारण संघीय शासन व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको बताउनुभएको हो ।

संविधानले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहअस्तित्व र सहकार्यको सिद्धान्त अवलम्वन गरेको उल्लेख गर्दै उहाँले व्यवहारमा भने त्यसअनुसार कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । स्रोत बाँडफाँड उपयुक्त रूपमा हुन नसक्दा संघीयताको अभ्यासमाथि नै प्रश्न उठ्न थालेको उहाँको भनाई छ । उहाँले सुशासन, वातावरण संरक्षण र वन व्यवस्थापनसँग जोडिएका मुद्दा स्रोतसाधनको वितरणसँग पनि जोडिएको उल्लेख गनुभयो ।

उहाँकाअनुसार समुदायस्तरमा परम्परागत स्रोत वितरणलाई लिएर विवाद जारी छन् भने पछिल्लो समय नयाँ–नयाँ तरिकाबाट समेत द्वन्द्व सिर्जना भइरहेको छ । उहाँले नेपालमा संघीयताको आवश्यक रहेको बताउनु भयो । उहाँले केन्द्रबाट दूरदराजका क्षेत्रका समस्यालाई प्रभावकारी रूपमा सम्बोधन गर्न नसकिने भएको कारण संघीयता आवश्यक रहेको बताउनु भयो । उहाँले संघीयताको मर्मअनुसार कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । केन्द्रमा रहेका नेतृत्वले आफ्नो क्षेत्रतर्फ स्रोत केन्द्रित गर्ने प्रवृत्तिले समेत असन्तुलन बढाएको उहाँको आरोप छ । यस्तो अभ्यासले राष्ट्रिय स्रोत वितरणमा पारदर्शिता र समानताको सिद्धान्त कमजोर बनाएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वातावरणको कुरा छ, जंगलको कुरा छ । जंगलसंग सम्बन्धित कतिपय मुद्दाहरु छन् । नेपालीहरुले देखिरहेको सुशासन भन्ने चीज प्रत्याभुति गर्ने यसैसँग सम्बन्धित छन् । स्रोतसाधनको बाँडफाँडमा नै झगडाहरु भईरहेको छ । समुदायमा परम्परागत रुपमा वितरण को कुरालाई लिएर विवाद छ, अहिले पनि नयाँ नयाँ तरिकाबाट विवाद सिर्जन हुने गरेको देखिन्छ । हाम्रो स्रोतसाधनको बाँडफाँडको कुरालाई ढिलाई भएको तथा अन्तरसरकारी सहकार्य नभएको कारणले पनि समस्या देखिएको छ । हाम्रो संविधानले तीन तहको सरकारलाई समन्वय, सहअस्तित्व व्यवस्था गरेको छ । तर हामीकहाँ स्रोतहरु बाँडफाँडमा त्यो अवस्था छैन । स्रोत बाँडफाँड उपयुक्त रुपमा हुन नसक्दा विकेन्द्रिकरण गरिहेको हाम्रो व्यवस्थालाई फेरि केन्द्रिकरण गर्ने आवाज उठ्न थालेको छ । हाल संघीयताको मर्मलाई आत्मसाथ गर्न सकिएको अवस्था छैन । हामीलाई संघियता आवश्यक छ, तर यसको राम्रो कार्यन्वयन हुनुपर्छ । म कर्णालीको मान्छे, काठमाडौंले कहिलेपनि दूरदराजलाई हेर्न नै सकेन । सदियौँदेखि हेर्न सकेको छैन । यति टाढाबाट कर्णालीलाई हेर्न नसकिने रहेछ, त्यसलै संघीयता आवश्यक छ । तर संघियता राम्रोसँग कार्यान्वयनमा आएको छैन । अब कि केन्द्रमा कणार्लीकै मान्छे वा अरु कुनै क्षेत्रको मान्छे भयो भने आफ्नो क्षेत्रमा स्रोत बढी लैजान्छ । यस्तो खालको कार्यले स्रोत बाँडफाँडमा फरक पारेको छ ।’ 

उहाँले सुशासनको लागि नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको पनि बताउनु भयो । नेपालमा आवश्यक कानून एकदम कम र अनावश्यक कानून धेरै रहेकोले विभिन्न समस्या देखिएको बताउनु भयो ।