२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

भ्रष्टाचारमुक्त नेपाल र सुशासनका लागि नेपाली काँग्रेसको ५ वर्षे संकल्प

भ्रष्टाचारमुक्त नेपाल र सुशासनका लागि नेपाली काँग्रेसको ५ वर्षे संकल्प
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले देशको विद्यमान राजनीतिक र सामाजिक चुनौतीहरूलाई सम्बोधन गर्दै आगामी पाँच वर्षलाई रूपान्तरणको अवधि बनाउने घोषणा गरेको छ ।

विगतका आन्दोलनहरूबाट प्रेरणा लिँदै र नयाँ पुस्ताको आवाजलाई आत्मसात गर्दै पार्टीले भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य बीमाको सुदृढीकरण र प्रशासनिक खर्च कटौतीलाई मुख्य एजेण्डा बनाएको छ । काँग्रेसका सभापति गगन थापाले पार्टीको गौरवमय इतिहासबाट प्रेरणा लिँदै आगामी ५ वर्षलाई नेपालको रूपान्तरणको वर्ष बनाउने उद्घोष गर्नुभएको हो । सिरहामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफूहरू पुरानो इतिहासको जगमा उभिएको भएपनि नयाँ सोच र संकल्पका साथ अगाडि आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी २००७, २०१५, २०३६ र २०४६ का घटनाहरूबाट प्रेरणा लिन्छौँ, तर आजको कमजोरीलाई स्वीकार्दै नयाँ पुस्ताको कुरा सुनेर पार्टीलाई बदल्न तयार छौँ ।’

भ्रष्टाचारलाई नेपालको ‘महारोग’ संज्ञा दिँदै थापाले यसको अन्त्य माथिबाटै शुरु हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सार्वजनिक जीवनमा बस्ने व्यक्ति मन्दिरको पुजारी जस्तै इमानदार हुनुपर्ने धारणा राख्नुभयो । आफ्नै परिवारको बारेमा मात्र सोच्ने प्रधानमन्त्री वा मन्त्री हुनु अपराध भएको बताउनु भयो ।

‘ढुकुटीको चाबी बोकेर बस्नेले एक रुपैयाँ पनि तलमाथि हुन दिनुहुँदैन । आफ्नै परिवारको बारेमा मात्र सोच्ने प्रधानमन्त्री वा मन्त्री हुनु अपराध हो ।’ 
आफ्नो स्वास्थ्य मन्त्रीको अनुभव सुनाउँदै उहाँले ‘चटक’ भन्दा पनि ‘सिस्टम’ मा विश्वास गर्ने बताउनु भयो । स्वास्थ्य बीमालाई प्रभावकारी बनाएर कुनैपनि नागरिकले उपचारको लागि घरखेत बेच्नु नपर्ने अवस्था सिर्जना गर्ने उहाँको सपना रहेको छ ।

‘बीमा कार्ड भएपछि नागरिकले उपचारको लागि २० लाख लागोस् कि ५० लाख, ढुक्क भएर अस्पताल जाने वातावरण हुनुपर्छ ।’ उहाँले भन्नुभयो । 

मान्छेलाई उचाल्ने कुरा सबैभन्दा बढी सजिलो रहेको तर मिलाउने कुरा सबैभन्दा बढी गाह्रो भएको बताउनु भयो । काँग्रेस मिलाउने र सम्हाल्ने बाटोमा हिँड्न चाहेको पनि बताउनु भयो । कतार र मलेसिया जाने युवाहरूको बाध्यता अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्ने र विदेशबाट फर्केकाहरूलाई शून्यबाट सुरु गर्नु नपर्ने गरी सरकारी नीति बनाउनुपर्ने थापाको तर्क छ । साना व्यापारीहरूले ऋणको ब्याज तिर्नसक्ने गरी आम्दानी गर्ने वातावरण र संकटमा सरकारले हात थाम्ने व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।