२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

घोषणा पत्र होइन प्रतिज्ञा पत्र लिएर आउँछौँ: गगन थापा

घोषणा पत्र होइन प्रतिज्ञा पत्र लिएर आउँछौँ: गगन थापा
अ अ+ अ-

काठमाडौँ ।नेपाली काँग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ ।

सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले अबको राजनीति ५ वर्षे योजनामा मात्र सिमित नभई दैनिक कार्यसम्पादन र जवाफदेहितामा आधारित हुनुपर्नेमा जोड दिनुभयो । सभापति थापाले प्रश्तावित नयाँ सरकारी मोडेलका बारेमा चर्चा गर्दै फागुनमा चुनाव र चैतमा सरकार बनेपछि वैशाख १ गतेदेखि नै प्रधानमन्त्रीले जनताका नाममा जवाफदेहिताको नयाँ अध्याय शुरु गर्ने बताउनु भयो ।

काँग्रेसको सरकार बन्दै गर्दा प्रधानमन्त्रीले ५ वर्षको अमूर्त कुरा नगर्ने स्पष्ट पार्नुभयो । हरेक ३० दिनमा प्रधानमन्त्री देशवासीको सामु उभिएर गएको महिना के काम भयो र के हुन सकेन भन्ने स्पष्ट हिसाव दिने पनि बताउनु भयो । काठमाडौंको आफ्नो सुरक्षित मानिने निर्वाचन क्षेत्र छाडेर मधेसको भित्री भेग सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिनुको कारण प्रस्ट्याउँदै थापाले मधेस नबुझी देशको सफल नेतृत्व गर्न असम्भव रहेको बताउनु भयो । पहाडमा जन्मिएको र शहरमा हुर्किएको हुनाले आफूले ती क्षेत्रको दुःख र सुख बुझेको बताउँदै उहाँले मधेसका मुद्दालाई काठमाडौंको ‘स्थायी सत्ता’ सँग जोड्न आफू सर्लाही गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ हामी ५ वर्षका निम्ति सरकार चलाउन चाहन्छौँ, यसमा लुकाउने कुरा केही पनि छैन । तर प्रत्येक दिनको हिसाव किताव होस् भन्ने चाहन्छौँ । हामी घोषणा पत्र तयार गरिरहेका छौँ, यो पटक त्यो काँग्रेसको घोषणा पत्र हुँदैन, त्यो हाम्रो प्रतिज्ञा पत्र हुन्छ । हामी प्रतिज्ञा पत्र लिएर आउँछौँ । फागुनमा चुनाव हुन्छ, चैतमा सरकार बन्छ । काँग्रेसको सरकार बन्दै गर्दा काँग्रेसले वैशाख १ गते देशवासीको नाममा उभिएर ५ वर्षको कुरा गर्दैन, २०८३ साल वैशाख १ महिना भित्रमा कुनकुन काम सक्ने हो भन्ने बारेमा देश र जनतालाई बताउँछ । फेरि जेठ १ गते आउँछ, र जेठ १ गते फेरि प्रधानमन्त्री उभिन्छ र फेरि बताउँछ । यो गएको ३० दिनमा मैले यो यो काम गरेँ, यो काम गर्न सकिनँ भन्छ र फेरि ३० दिनको हिसाव लिएर नागरिकका बिचमा आउँछ । ५—५ वर्षमा एक पटक आएको छ, म यो देखाएको छ, भोट मागेको छ, त्यसपछि बेपत्ता भएर गएको छ । यो प्रवृत्ति बदल्ने हो हामीले । नयाँ तरिकाले काम गर्ने हो। त्यो काम गर्ने सोचका साथ हामी आएका छौँ । हामी एउटा एउटा संकल्प लिएर आएका छौँ । म फेरि भन्छु । हामी देशलाई सम्हाल्छौँ पनि, कुनै झगडा, कुनै उत्तेजना, कुनै घृणा केही पनि नफैलाईकन सबैलाई मिलाएर लिएर जान्छौँ । सँगसँगै देशलाई सुधार्छौँ पनि । तर यसका निम्ति म एक्लै भएर हुँदैन, मलाई टिम चाहिन्छ । म एक्लैले सक्दा पनि सक्दिनँ, न म सँग सङ्ख्या पुग्छ, न म सँग त्यो क्षमता राख्छु । त्यसैले म तपाईँहरुसँग आग्रह गर्न आएको, मेरो पार्टीको अत्यन्त अत्यन्त भलादमी साथी आदरणीय रामचन्द्र चौधरी तपाईंहरुको यो ठाउँमा अहिले आएर पार्टीको तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्छ । तपाईँले उहाँलाई निर्वाचित गराइदिनु प¥यो।’

उहाँले ५–५ वर्षमा भोट माग्न मात्र आउने र त्यसपछि बेपत्ता हुने राजनीतिक प्रवृत्तिलाई अन्त्य गर्दै नयाँ कार्यशैलीका साथ अघि बढ्ने संकल्प समेत व्यक्त गर्नुभयो ।