१५ असार २०८३, सोमबार
,
Latest
भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फोटो फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत



अ+ अ-

खोटाङ। कनककुमारी पोखरेल स्मृति प्रतिष्ठानले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र चार जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ ।

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलकी स्वर्गीय आमा कनककुमारी पोखरेल र दाजु डोरमणि पोखरेलको सम्झनामा रु सात लाखको अक्षयकोषबाट उनीहरूलाई जनही रु सात हजार प्रदान गरिएको हो ।

मङ्गलबार यहाँ आयोजित कार्यक्रममा सम्झना थापामगर, इन्द्रा परियार, लङ्कमाया मगर, शिवकुमारी पाण्डे, प्रमिला थापामगर र निर्मला श्रेष्ठलाई उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी, खार्पास्थित शारदा उच्च माध्यमिक विद्यालयमा कक्षा–११ मा अध्ययनरत नविना मगर तथा कक्षा–१२ की ललिता श्रेष्ठ, गोमा तामाङ र गीता विशङ्खेलाई अघिल्लो परीक्षामा सर्वाधिक अङ्क प्राप्त गरेबापत पुरस्कृत गरिएको हो । रासस